PahiloPost

Jul 6, 2024 | २३ असार २०८१

शहीद स्मारक लिग : संकटा र जावलाखेलले अंक बाँडे



शहीद स्मारक लिग : संकटा र जावलाखेलले अंक बाँडे
फोटो : एन्फा।

काठमाडौं : शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आज भएको दोस्रो खेलमा संकटा क्लब र जावलाखेल युथ क्लबले अंक बाँडेका छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा संकटा र जावलाखेलले १-१ को बराबरी खेलेका हुन्।

खेलको ३६ औं मिनेटमा गोल गर्दै लक्षमण रुचालले संकटालाई शुरुवाती अग्रता दिलाएका थिए। जावलाखेलका ड्याडी जुनियर वाम्बाले ७३ औं मिनेटमा गरेको गोलको मद्दतले खेल १-१ को बराबरीमा पुगेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell