PahiloPost

Jul 5, 2024 | २२ असार २०८१

राष्ट्रिय सभा निर्वाचनका लागि तोकियो मतदान केन्द्र, को - को हुन्छन् मतदाता?



राष्ट्रिय सभा निर्वाचनका लागि तोकियो मतदान केन्द्र, को - को हुन्छन् मतदाता?
फाइल फोटो

काठमाडौं : निर्वाचन आयोगले माघ ९ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनको मतदानस्थल तोकेको छ। आयोगले आज एक विज्ञप्ति जारी गर्दै मतदानस्थल तोकेको जनाएको हो।

राष्ट्रिय सभाको रिक्त हुन लागेको १८ सदस्य चयनका लागि माघ ९ गते निर्वाचन हुँदैछ।

मतदातका लागि प्रदेश नं. १ को मोरङ जिल्ला विराटनगर महानगरपालिकाको बीरेन्द्र सभागृहमा मतदानस्थल तोकिएको छ। 

उक्त केन्द्रमा ३६७ जना मतदाता रहेका छन्।

प्रदेश नं. २ को धनुषा जिल्ला जनकपुर उपमहानगरपालिकाको महेन्द्र नारायण स्मृति भवनमा मतदानस्थल तोकिएको छ।

यस केन्द्रमा कुल ३७९ जना मतदाता रहेका छन्।

प्रदेश नं. ३ को ललितपुर जिल्ला ललितपुर महानगरपालिकाको वडा समितिको भवनमा मतदान स्थल तोकिएको छ।

यस केन्द्रमा ३४८ जना मतदाता रहेका छन्।

यसैगरी गण्डकी प्रदेशको कास्की जिल्ला निर्वाचन कार्यालय पोखरामा मतदान स्थल तोकिएको छ। यहाँ २३० जना मतदाता रहेका छन्।

प्रदेश नं. ५ को दाङ जिल्ला घोराही उपमहानगरपालिकाको कर्मचारी मिलन केन्द्रको भवनमा मतदान स्थल तोकिएको छ। यस प्रदेशमा ३०५ जना मतदाता रहेका छन्।

कर्णाली प्रदेशको सुर्खेतस्थित वीरेन्द्रनगरको जिल्ला निर्वाचन कार्यालय परिसरको भवनमा मतदानस्थल तोकिएको छ। यस प्रदेशमा १९८ जना मतदाता रहेका छन्।

यता सुदूर पश्चिम प्रदेशको डोटी जिल्ला, सिलगढी नगरपालिकाको पद्म पब्लिक मुक्ति नारायण उच्च माविमा मतदानस्थल तोकिएको छ। सुदूरपश्चिममा कुल २२९ जना मतदाता रहेका छन्।

को को हुन्छन् मतदाता?

राष्ट्रिय सभा निर्वाचनमा प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान गर्न पाउँछन्।

प्रदेश एकमा प्रदेशसभा सदस्यतर्फ ९३ र स्थानीय तहतर्फ अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख, उपप्रमुख २८४ गरी जम्मा ३६७ जना मतदाता रहेका छन्।

प्रदेश २ मा प्रदेशसभा सदस्यतर्फ १०७ र स्थानीय तहतर्फ अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख, उपप्रमुख २७२ गरी जम्मा ३७९ जना मतदाता रहेका छन्।

प्रदेश नं. ३ मा प्रदेशसभा सदस्यतर्फ ११० र स्थानीय तहतर्फ अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख, उपप्रमुख २३८ गरी जम्मा ३४८ जना मतदाता रहेका छन्।

यसैगरी गण्डकीमा प्रदेशसभा सदस्यतर्फ ६० र स्थानीय तहतर्फ अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख, उपप्रमुख १७० गरी जम्मा २३० जना मतदाता रहेका छन्।

प्रदेश नं. ५ मा प्रदेशसभा सदस्यतर्फ ८७ र स्थानीय तहतर्फ अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख, उपप्रमुख २१८ गरी जम्मा ३०५ जना मतदाता रहेका छन्।

कर्णाली प्रदेश प्रदेशसभा सदस्यतर्फ ४० र स्थानीय तहतर्फ अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख, उपप्रमुख १५८ गरी जम्मा १९८ जना मतदाता रहेका छन्।

सुदूर पश्चिम प्रदेशसभा सदस्यतर्फ ५३ र स्थानीय तहतर्फ अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख र उपप्रमुख १७६ गरी जम्मा २२९ जना मतदाता रहेका छन्।

यसरी सातवटा प्रदेशमा प्रदेशसभा सदस्यतर्फका ५५० र स्थानीय तहतर्फका अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख र उपप्रमुख १,५०६ गरी कूल जम्मा २,०५६ जना मतदाता रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell