PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

हिजोका क्रान्तिकारीहरू आज ‘फुटाउ र राज गर’ नीति अपनाइ रहेछन् : बाबुराम भट्टराई



हिजोका क्रान्तिकारीहरू आज ‘फुटाउ र राज गर’ नीति अपनाइ रहेछन् : बाबुराम भट्टराई

काठमाडौं : समाजवादी पार्टीका संघीय परिषद्का अध्यक्ष बाबुराम भट्टराईले हिजोका क्रान्तिकारीहरू आज नयाँ शासक बनेर पुरानै ‘फुटाउ र राज गर’ नीति अपनाइ रहेकाको भन्दै सावधान हुन आग्रह गरेका छन्।

समाजवादीले सरकार छाडेपछि राजपा सरकारमा जाने चर्चा भइरहेको बेला भट्टराईले शुक्रवार ट्वीटरमा लेखेका छन्, ‘हीरालाल विश्वकर्मा, फत्तेसिंह थारू, सुशिला थापाहरू राजाका मन्त्री बनेर मधेशी, जनजाति, दलित, थारू, महिलाको मुक्ति भयो? भएन! बरू उत्पीडित समुदायको मुक्ति संघर्ष भुत्ते भयो!’

 

‘अहिले पनि इतिहास दोहोरिइरहेछ! हिजोका क्रान्तिकारीहरू आज नयाँ शासक बनेर पुरानै ‘फुटाउ र राज गर’ नीति अपनाइ रहेछन्! सावधान!,’ उनले थपेका छन्।

 

शासक वर्ग, जाति र लिंगले उत्पीड़ित भित्रकै केहीलाई सहवरण गरेर आफ्नो सत्ता टिकाउँदै आएको इतिहास साक्षी रहेको उनले बताए। इतिहासको गल्ति नसच्याएसम्म उत्पीडित वर्ग, जाति, लिंग, समुदायको पूर्ण मुक्ति नहुने उनको भनाइ छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell