PahiloPost

Dec 18, 2024 | ३ पुष २०८१

मृत्युदण्डको फैसला विरुद्ध पाकिस्‍तानका पूर्वराष्ट्रपति परवेज मुशर्रफ पुगे उच्च अदालत



मृत्युदण्डको फैसला विरुद्ध पाकिस्‍तानका पूर्वराष्ट्रपति परवेज मुशर्रफ पुगे उच्च अदालत
फोटो : DAWN/AFP

इस्लामावाद : पाकिस्‍तानका पूर्व राष्ट्रपति परवेज मुशर्रफले विषेश अदालतबाट पाएको मृत्यदण्डको सजायको विरुद्ध उच्च अदालतमा निवेदन दायर गरेका छन्।

नोभेम्बर ७, २००७ मा पाकिस्तानको संविधानलाई रद्द गर्दै सैन्य शासन शुरु गरेका मुशर्रफलाई डिसेक्बर १७ मा मृत्युदण्डको सजाय सुनाइएको थियो। अदालतले उनले संविधान उल्लंघन गरेर देशदोह्र गरेको ठहर गरेको थियो।

उक्त फैसलाको विरुद्ध मुशर्रफले ८६ पेज लामो निवेदन उच्च अदालतमा पेश गरेका हुन्। जनवरी ९ मा न्यायाधीश मजहिर अली अकवर नक्वी नेतृत्वको पूर्ण इजलासमा उक्त निवेदनमाथि सुनुवाइ हुनेछ। अदालतमा प्रस्तुत गरिएको याचिकामा विशेष अदालतबाट भएको फैसलाले धार्मिक, सामाजिक र संवैधानिक दायरा नाघेको उल्लेख गरिएको छ।

यता पाकिस्तानी सेनाले भने मुशर्रफलाई सुनाइएको मृत्युदण्डको फैसलाप्रति आपत्ती जनाइसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell