PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

मोदी शैली पछ्याउँदै ओली, भारतको दुषित राजनीतिक हावा नेपाल आउन सक्छ : हरि शर्मा



मोदी शैली पछ्याउँदै ओली, भारतको दुषित राजनीतिक हावा नेपाल आउन सक्छ : हरि शर्मा

अहिले भारत धार्मिक हिसाबले विभाजित भएको छ। भारतमा मोदी सरकारलाइ कसैले पनि सजिलै विरोध गर्न आँट गरेको छैन।

'मोदी पुँजीवाद र धर्मले बलियो वनेका हुन्। पुँजीवादमा पनि भारतका टिभी अर्थात मिडिया मोदीको अण्डरमा छन्। भारतमा राष्ट्रवादी हुनलाइ हिन्दु हुनैपर्छ भारत कोलोनाइजेसन र त्यसपछि पाकिस्तान अलग भएदेखि नै धार्मीक हिसावले राजनीति भइरहेको छ।  

कतिले नेपाल भारत उस्तै छन् भनेपनि नेपाल भारतका बीचमा धेरै असमानता पनि छन्। नेपाल भारतका आआफ्नै इतिहास छ। नेपालमा पनि धार्मिक हिसाबले राजनीति गर्न खोजिएको भए पनि त्यो सफल भएन।

भारतमा मोदीले र नेपालमा केपी शर्मा ओलीले सरकारका कामका बारेमा प्रश्न उठ्न थाले यो पूर्ववर्ती सरकारले गरेकै हो भनेर टार्न थालेका छन्। महात्मा गान्धीले 'डरको पर्दा फालिदेउ तिमी स्वतन्त्र हुनेछौ' भनेका थिए। तर अहिले भारतमा मान्छेहरु डर हटाएर बोल्न सकिरहेका छैनन्।

अहिलेको समय प्रश्न नभएको समय हो। अहिले प्रश्न होइन, गुनासो गरिरहेका छौं हामी। सरकारका प्रवक्तालाइ केही सोध्नै पाइदैन सबै उनैले भनिदिन्छन्। नेपाल, भारत र अमेरिका सबैतिर प्रश्न गर्न बन्देज लगाइँदै छ। आस्थामा होइन। शासनमा प्रश्न गर्नुपर्छ। प्रश्न गरेमात्र समाज जुरमुराउन थाल्छ। प्रजातन्त्रमा त हरेक नागरिक सचेत हुनुपर्छ त्यो प्रजातन्त्रको आधार हो। राज्यले ब्यक्तिको स्वयत्तताको सम्मान गर्नपर्छ । कुनै आन्दोलनमा सहभागी भएका नागरिकलाइ कठपुतली भन्ने गरिन्छ तर हरेक नागरिककको सम्मान गर्न राज्यको दायित्व हो। विद्यार्थी भनेका सबैभन्दा पहिला सचेत हुने मान्छे हो र विद्यार्थी सँग आगोके जस्तो शक्ति हुन्छ तर अहिले अलि त्यस्तो देखिदैन।

पहिलापहिला संसारभर वंशजका आधारमा तथा रगतका आधारमा समाज निर्माण भएको थियो। अमेरिका पनि जातीय राजनीतिले आक्रान्त छ। राष्ट्रियतालाइ जातीयताले परिभाषित गरेको छ। तर हाम्रोमा त्यस्तो वंशज तथा जातीय हिसाबले होइन। तर, अहिले धार्मिक राजनीति गर्न खोजिएको थियो। त्यो सम्भव भएन।

भारतको दुषित राजनीतिक हावा नेपाल आउँछ की भन्ने डर छ।

एक हिसाबले भन्ने हो भने भारतमा अहिले सबै चिज नरेन्द्र मोदीको पञ्जामा छ। त्यसमा पनि बजार अर्थात त्यहाँको मिडियाले मोदीको सरकारलाइ निडर भएर सोध्न सक्दैन। अहिले नागरिकतासम्बन्धी विवाद पनि धार्मिक राजनीतिकै उपज हो। त्यही दुषित राजनीति नेपाल आउला भन्ने अहिलेको मुख्य चिन्ता हो।

(डिस्कोर्स डबलीले राजधानीको नेपाल ल क्याम्पसमा आयोजना गरेको अन्तर्क्रियामा राजनीतिक विश्लेषक शर्माले राखेको मन्तव्यको सम्पादित अंश।)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell