PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

सोमालियाको राजधानीमा बम विस्फोट, ३० जनाको मृत्यु



सोमालियाको राजधानीमा बम विस्फोट, ३० जनाको मृत्यु
फोटो : Anadolu Agency]

मोगादिसु : सोमालियामा कार बम विस्फोट हुँदा ३० जनाको मृत्यु भएको छ। एक सय जनाभन्दा धेरै घाइते भएको र उनीहरुको अस्पतालमा उपचार भइरहेको अधिकारीहरुले बताएका छन्। घाइतेहुनेमा बालबालिका सहित बसमा यात्रा गरिरहेका विद्यार्थीहरु समेत रहेका छन्।

राजधानी मोगादिसुमा रहेको कर कार्यालयमा बिहानै भएको विस्फोट भएको अलजजिराले उल्लेख गरेको छ। केही स्थानीय संचार माध्यमले ९० जना भन्दा धेरैको मृत्यु भएको समाचार प्रशारण गरेपनि त्यसको स्वतन्त्र पुष्टि हुन नसकेको बताइएको छ।

विस्टफोटको जिम्मेवारी हाल सम्म कुनै संगठनले लिएको छैन। यद्यपि, आक्रमण त्यहाँ सक्रिय अल शबाब समूहले गराएको हुन सक्ने बताइएको छ।

प्रहरीले घटनापछि स्पेशल टास्क फोर्स गठन गरेर अनुसन्धान गरिरहेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell