PahiloPost

Sep 21, 2024 | ५ असोज २०८१

अष्ट्रेलियाको तापक्रम बढ्दै, डढेलोका कारण १० जनाको मृत्यु



अष्ट्रेलियाको तापक्रम बढ्दै, डढेलोका कारण १० जनाको मृत्यु
फोटो : GETTY IMAGE

अष्ट्रेलियाको तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको छ। अत्याधिक तातो हावा चलेको र जंगली क्षेत्रमा डढेलो लागेका कारण अवस्था विकराल बन्दै गएको अधिकारीहरुले बताएका छन्।

सोमबार भिक्टोरीया राज्यमा यस सिजनको सबैभन्दा डरलाग्दो आगलागीका घटनाहरु भएका छन्। त्यस क्षेत्रमा बसिरहेका करिब ३० हजार मानिस र पर्यटकलाई सुरक्षित स्थान तर्फ जान भनिएको छ। उद्धारका कार्यलाई तीव्र पारिएको छ।

डढेलोका कारण हालसम्म १० जनाको मृत्यु भइसकेको छ। दक्षिण अष्ट्रेलिया, न्यू साउथ वेल्स र तासमानियामा समेत खतराको सूचना जारी गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell