PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

अतिक्रमित भूमिको विषयमा राष्ट्रिय सभामा संकल्प प्रस्ताव दर्ता



अतिक्रमित भूमिको विषयमा राष्ट्रिय सभामा संकल्प प्रस्ताव दर्ता
फाइल फोटो।

काठमाडौं : कालापानी, लिपुलेक, लिम्पियाधुरा लगायतका अतिक्रमित भूमिको विषयमा राष्ट्रिय सभामा संकल्प प्रस्ताव दर्ता गरिएको छ। 

नेपाल कम्युनिस्ट पार्टीका प्रमुख सचेतक खिमलाल देवकोटाको प्रस्ताव र नेपाली कांग्रेसकी सरिता प्रसाईको समर्थनमा उक्त प्रस्ताव पेश भएको हो।

नेपाली भूमिबाट भारतीय सेना हटाउन, कुटनीतिक पहललाई अझै सशक्तताका साथ अघि बढाउनका लागि  प्रस्ताव गरिएको बताइएको छ। प्रस्तावमा नेपाल भारत उच्च स्तरीय प्राविधिक समितिको पहललाई निष्कर्षमा पुर्‍याउन भूमिका खेल्न निर्देशन दिन आग्रह गरिएको छ। राष्ट्रिय सभामा सांसदहरुले सीमा समस्याकाे बारेमा आफ्नाे धारणा राखिरहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell