PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

पूर्व प्रधानन्यायाधीश कार्कीदेखि पूर्व डिआइजी खरेलको आँखामा कारागार : जेलका नाइकेको नेक्सस उच्च तहसम्म



पूर्व प्रधानन्यायाधीश कार्कीदेखि पूर्व डिआइजी खरेलको आँखामा कारागार : जेलका नाइकेको नेक्सस उच्च तहसम्म

काठमाडौं : 'मलाई पूर्व प्रहरीमात्र भन्दिए पुग्छ। यसैमा गौरव पनि छ।'

उद्घोषकले उनलाई उपन्यासबारे समीक्षा गर्न पोडिएमा बोलाएलगत्तै उनले पहिलो शब्द राखे। उनको आशयले पदको कुनै लोभ नै नभएको देखाउँथ्यो। उनी थिए पूर्वडिआइजी रमेश खरेल। २९ वर्ष नेपाल प्रहरीमा रहेर काम गरेका खरेल आइजी नियुक्तिमा असन्तुष्ट भएपछि राजीनामा दिएका थिए। अहिले उनी सामाजिक  कार्यक्रमहरु तथा अन्य कार्यक्रममा नै भेटिन्छन्।

खरेल शनिवार पनि पूर्वप्रधानन्यायधीश शुशिला कार्कीले लेखेको उपन्यास 'कारा'को विमोचन कार्यक्रममा देखिएका थिए। उनलाई ड्यासमा वक्ताको रुपमा आमन्त्रण गरियो। उदघोषक जनकराज सापकोटाले सम्बोधनमा पूर्वडिआइजी भनेकाले उनले पूर्वप्रहरी मात्र भन्न आग्रह गरेका थिए।

कारा उपन्यासमा देशभित्र रहेका कारागारको अवस्था, कैदको लागि कसरी कारागारसम्म पुग्छन्। त्यहाँभित्र रहेका नाइके भाइ नाइकेको अवस्थाको बारे लेखिएको उपन्यास हो कारा। प्रहरीसँग जोडिएको विषय भएकाले पनि पूर्वडिआइजी खरेलको लागि उपन्यास कारा रुचिको विषय थियो। त्यसैले उनले २९ वर्षपछि पहिलो पटक पहिलो बसाईमा नै कारा पढिसकेको बताए।

कार्यक्रममा पूर्वडिआइजी खरेलले काराको समीक्षामात्र गरेनन्। उपन्यासमा भएका पात्र र घटना क्रमलाईसमेत देशको अहिलेको कारागारको अवस्था जोड्न भ्याए। उनले कारागारभित्र कैदीबन्दीको शोषण हुने गरेको बताएका थिए। नाइकेदेखि भाई नाइके हुनसम्म राजनीतिक कनेक्सनदेखि अन्य गतिविधिमा लागेको हुनुपर्ने उनको भनाई थियो। 'माथिसम्म नेक्सस नभए त्यहाँ भाइ नाइके नाइके हुनै सक्दैन। कारागार प्रशासन कर्मचारीको नियन्त्रणमा हुन्छ। नाइके भाई नाइकेहरुले कैदीबन्दीलाई शोषण गरेर उनीहरुको नेक्सस माथिसम्म पूर्‍याउने परिपाटी हिजोको पञ्जायतकालमा थियो र अहिले पनि छ,' पूर्वडिआजी खरेलले भने।

कैदीबन्दीलाई कमसल चामल उपलब्ध गराउने, सस्तो सामान महँगोमा बिक्री गर्नेदेखिका बेथिति कारागारभित्र रहेको उनले सुनाए। त्यसो त कारागारभित्र बाटै पनि अपराधिक गतिविधि गराउने समूह नभएका होइनन्। बेलाबेला यस्ता समचारसमेत आइरहेका हुन्छन्। 'मैले यस्ता गतिविधिको नेक्सस नछुटाउन नखोजेको होइन। तर उनीहरुको कनेक्सन माथिसम्म हुन्छ,' पूर्वडिआइजी खरेलले भने।

अहिले पनि देशभित्रका कारागारमा कैदी क्षमताभन्दा तेब्बर कैदी रहेका छन्। बर्षौंदेखि कारागारमा एउटै कर्मचारी भएको पूर्वडिआइजी बताउँछन्। 'राजनीतिक सिस्टम, भ्रष्टाचारको अन्त्य नभएसम्म कारागारको बेतिथि अन्त्य हुदैन,' उनले भने।

कार्यक्रमा सर्वोच्व अदालतका न्यायाधीश सपना प्रधान मल्ल पनि वक्ताको रुपमा नै उपस्थित थिइन्। उनले पनि कारागार भित्रको दुरावस्थाको चित्रण गर्न भ्याइन्। कारागारमा महिला र पूरुष कैदीमा नै विभेद गर्ने गरेको उनको भनाई थियो। समाजले हेर्ने दृष्टिमा नै फरक रहेको उनको बुझाइ थियो। 'पुरुष कैदीबन्दी हुँदा परिवार आफन्त भेट्न पुग्छन् तर महिला कैदी हुने वितिकै अर्कै हुन्छ। राजनीतिक महिला कैदीबन्दीलाई भने फेरी फरक ढंगले हेरिन्छ,' न्यायाधीश मल्लले भनिन्।

कारा उपन्यासमा पूर्वप्रधानन्याधीश सुशीला कार्कीले पहिलो पटक कारागार जाँदा देखेका भेटेका र अरुले सुनाएका पत्रलाई उपन्यासमा लेखेको बताइन्। त्यस्तै न्याय सेवाको अवधिमा पनि केही पात्र जन्माएकी हुन्। 'यो काल्पनिक होइन। वास्तविकता नै हो,' कार्कीले भनिन्।

कार्की २०४६ फागुनमा जनआन्दोलनको क्रममा थुनाबाट जेलसम्म पुगेकी थिइन्। एक महिना लामो बसाईमा उनले भेटेका पात्र नै उपन्यासमा उभ्याइएको छ। कारालाई किताब पब्लिकेसनले बजारमा ल्याएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell