PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

न्याय परिषद् सदस्यमा लक्ष्मीबहादुर निराला



न्याय परिषद् सदस्यमा लक्ष्मीबहादुर निराला

काठमाडौं : संघीय संसद् संसदीय सुनुवाइ समितिले लक्ष्मीबहादुर 'निराला' खड्कालाई न्याय परिषद् सदस्य पदमा अनुमोदन गरेको छ।

समितिले आज सुनुवाइ गर्दै खड्कालाई अनुमोदन गरेको हो। सरकारले खड्कालाई न्याय परिषद् सदस्य पदमा गत पुस ३ गते सिफारिस गरेको थियो।

खड्काविरुद्ध उजुरी नपरेपछि समितिले उनलाई आज सर्वसम्मतिले अनुमोदन गरेको हो। अनुमोदन गरिएसँगै खड्कालाई राष्ट्रपति विद्यादेवी भण्डारीले नियुक्त गर्नेछिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell