काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आसन्न राष्ट्रियसभा निर्वाचनका लागि प्रदेश ३ मा आफ्नो उम्मेद्वारी मनोनयन दर्ता गराएको छ।
नेकपाका वेदुराम भुसाल र गंगा बेलवासेले ललितपुरको जिल्ला निर्वाचन कार्यालय पुगेर उम्मेद्वारी दिएका हुन्। भुसाल अन्यबाट हुन् भने बेलबासेले महिलाबाट उम्मेद्वारी दर्ता गराएका हुन्।
भुसालको प्रस्तावकमा रचना खड्का र समर्थक लिसा नकर्मी रहेका छन्।
स्थायी समिति सदस्यसमेत रहेका भुसालले २०७४ को राष्ट्रियसभा निर्वाचनमा अन्तिम समयमा उम्मेद्वारी फिर्ता लिएका थिए। माघ ९ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि आज सातै प्रदेशमा उम्मेद्वारी दर्ता जारी छ।