PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

आक्रोशित सेवाग्राहीले राजश्व कार्यालयमा लगाए ताला



आक्रोशित सेवाग्राहीले राजश्व कार्यालयमा लगाए ताला

जनकपुरधाम : कर्मचारीले काममा ढिलाई गरेको भन्दै आइतवार आन्तरिक राजश्व कार्यालय जनकपुरमा सेवाग्राहीले तालाबन्दी गरेका छन्।

कार्यालय समयमा कर बुझाउनका लागि घण्टौँ लाइनमा लागेपनि कर्मचारीहरुले काममा ढिलाई गरेकोले आफूहरुले कार्यालयको मुलढोकामा ताला लगाएको जनकपुरधाम उपमहानगरपालिका-७ की स्थानीय पूजा पासवानले बताइन्।

उनले भनिन्, ‘१२ बजेदेखि नै लाइनमा लागेपनि कर्मचारीहरुले काम गरेनन्। दिउँसो साढे एकबजे खाजा खाने समय भएपछि कर्मचारीहरु आ–आफ्नो कार्यकक्षबाट निस्केर क्यान्टिनतर्फ गए। तर चार बजेसम्म पनि उनीहरु कार्यकक्षमा फर्केनन्। त्यसपछि हामीले बाध्य भएर कार्यालयको मुलढोकामा ताला लगायौँ।’

कार्यालयमा दर्जनौँ सेवाग्राहीहरु काम गराउन लाइनमा लागेपनि कर्मचारीहरुले कसैको काम समयमा नगरेको सिरहाबाट कर बुझाउन आएका एकजना सेवाग्राहीले बताए।

यस सम्बन्धमा आन्तरिक राजश्व कार्यालय जनकपुरका प्रमुख जय बहादुर भण्डारीले अहिले पुस मसान्तको समयमा कार्यालयमा कर तिर्ने सेवाग्राहीको भीड लाग्नु स्वाभाविक रहेकोले कर्मचारीबाट गल्ती भएको हुनसक्ने बताए।

उनले यस समयमा कार्यालयमा बढी चाप हुने गरेकोले कुनैपनि कर्मचारीलाई बिदा नदिएर सेवाग्राहीहरुको काम छिटो छरितो ढंगले प्रवाह गर्न आफू लागि परेको दावी पनि गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell