PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

किशोरीको हत्या आशंकामा आमासहित चार जना पक्राउ, बुवा फरार



किशोरीको हत्या आशंकामा आमासहित चार जना पक्राउ, बुवा फरार

काठमाडौं: एक किशोरीको हत्या गरेको आशंकामा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ। 

जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले हत्या गरिएकी किशोरीकी आमासहित चार जनालाई पक्राउ गरेको हो। पोखरिया नगरपालिका वडा नम्वर ९ बस्ने ३० वर्षीय शिवकली देवी, राजेन्द्र महतो तत्वाव, सन्तोष महतो तत्वा, सुवोध भन्ने जितेन्द्र यादवलाई पक्राउ गरेको हो।

सोमबार राति १५ वर्षीया पुनिता कुमारीलाई जलाएर हत्या गरेको अवस्थामा प्रहरीले फेला पारेको थियो। घरबाट करिब २ किलोमिटर उत्तरतर्फ खोला नजिकै मृत अवस्था जलाएको शरीर फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साका एसपी सोमेन्द्र राठौरले जानकरी दिए।

प्रहरीले नियन्त्रणमा लिएकी शिवकला भने हत्या भएकी किशोरीकी आमा हुन्। उनका बुवा भने फरार रहेको प्रहरीले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell