PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

निर्भयालाई न्याय: चारैजना दोषीलाई दिल्ली अदालतले दियो 'डेथ वारेन्ट'



निर्भयालाई न्याय: चारैजना दोषीलाई दिल्ली अदालतले दियो 'डेथ वारेन्ट'

सन् २०१२ मा निर्भयाको बलात्कारपछि हत्या गरेको आरोपमा दोषी ठहर भएका चार जनाविरुद्ध दिल्ली अदालतले डेथ वारेन्ट जारी गरेको छ।

बलात्कारपछि हत्या गरेको आरोपमा मृत्युदण्ड सजाय पाएका चारैजनालाई अब जनवरी २२ मा मृत्युदण्ड दिइनेछ। घटना भएको ७ साल बितिसक्दा पनि मृत्युदण्डको फैसला कार्यान्वयन नभएकोमा भारत भर विरोध हुँदै आएको थियो। उक्त मुद्दाको फैसला 'फास्ट ट्रयाक' बाट गरिएको थियो। 

दोषी ठहर भएकाहरुले राष्ट्रपति कहाँ 'सजाय माफ' गर्न निवेदन समेत दिने प्रयास गरेका थिए। तर उनीहरुको निवेदन लिन राष्ट्रपति कार्यालयले अस्वीकार गरिएको बताइन्छ। यस्तै सर्वोच्च अदालतले उनीहरुले फैसला पुनरावलोकन गर्न दिएको निवेदन खारेज गरिदिएको थियो।

अदालतले 'डेथ वारेन्ट' जारी गरेसँगै निर्भयाकी आमाले भनिन्,' अदालतको फैसलाले न्यायालयमाथि महिलाहरुको विश्वास बढ्नेछ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell