PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

'राजा महेन्द्रलाई चर्चित बन्न मन लाग्दा देवकुमारी थापाको आगमन काठमाडौंमा'



'राजा महेन्द्रलाई चर्चित बन्न मन लाग्दा देवकुमारी थापाको आगमन काठमाडौंमा'

काठमाडौं : मंगलवार राजधानीको नेपाल प्रज्ञा प्रतिष्ठानमा देवकुमारी थापाका उत्कृष्ट कथा संग्रह सार्वजनिक भयो। 'सेलेक्टेड स्टोरी अफ देवकुमारी थापा' नामको अंग्रेजी भाषामा अनुवाद गरिएका कथा संग्रह नेपाल प्रज्ञा प्रतिष्ठानकी सदस्य एवं कथाकार माया ठकुरी, समालोचक साहित्यकार महेश पौड्याललगायतले सार्वजनिक गरे।

बबरसिंह थापा सेवा गुठी विराटनगरको आयोजनामा भएको कार्यक्रममा साहित्यकार भद्रकुमारी घलेले देवकुमारीलाई सम्झिइन्। भनिन्, 'पञ्चायती व्यवस्थामा राजा महेन्द्रलाई चर्चित हुन मन लागेको थियो र उनले साहित्य सम्मेलन गरेका थिए। जसमा देवकुमारी थापा पनि आएकी थिइन्।'

२०२२ सालमा काठमाडौं भएको साहित्य सम्मेलनमा घले र थापाको पहिलो भेट भएको थियो। त्यतिबेला आफू राज्यमन्त्री भएको उल्लेख गर्दै घलेले भनिन्, 'देवकुमारी कथाकार मात्रै होइनन्, महासुन्दरी हुन्। मेरो पदले चिनायो उनलाई। चार दिनको बसाइपछि हामी मित्र भयौं।'

पत्रकार तथा समीक्षक प्रमोद प्रधानले छनोट गरेका कथा महेश पौड्यालले अनुवाद गरेका हुन्। सङ्ग्रहमा थापाका चार पुस्तकबाट छानिएका चर्चीत २१ कथा समेटिएका छन्।

त्यस्तै प्रतिष्ठानकी सदस्य ठकुरीले देवकुमारीसँग भेटेको स्मरण गरिन्। भनिन्, 'मैले देवकुमारीसँग दुई पटक भेटे। तर अत्यन्तै महत्वपूर्ण भेट थियो त्यो।'

अनुवादक महेश पौड्यालले यस संग्रह निकै महत्वपूर्ण भएको बताए। कार्यक्रममा देवकुमारीका दुई छोरी मालती राई र पुजा थापा श्रेष्ठ पनि उपस्थित थिए। कथाकार थापाको २०६८ वैशाख २२ गते निधन भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell