PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

काठमाडौंमा ‘लाल बहादुर गन्धर्व सारंगी साँझ’, गुञ्जदै कर्खा र सवाई



काठमाडौंमा ‘लाल बहादुर गन्धर्व सारंगी साँझ’, गुञ्जदै कर्खा र सवाई

काठमाडौं: लालबहादुर गन्धर्व कुशल सारंगी वादक एवं गायक हुन्। उनले गन्धर्वहरुको राष्ट्रिय भेलामा जनकवि केशरी धर्मराज थापाहरुको सम्पर्कबाट काठमाडौं आएर रेडियो नेपालमार्फत् प्रस्तुति समेत दिएका थिए।

पृथ्वीनारायण शाहको जीवनी, जङ्गबहादुरको सत्ता उत्थान, नब्बे सालको महाभूकम्प, विश्वयुद्ध, डॉफे चरी लगायतका अनेकन कर्खा, सवाई उनले रेडियो नेपालमा गाएका उनको गायन र सारङ्गी वादनको राष्ट्रिय स्तरमा चर्चा भयो। तर, गायनबाटै कमाएको पहिचान त्यागेर उनी गाउँ फर्किए।  

शहरको रमझम र चर्चा छाडेर गोरखाको घ्याम्पेसालमा बस्दै आएका छन् गन्धर्व। गाउँकै मानिस र जीवनको कथा सारंगीको धूनमा उन्दै र उनीहरुलाई नै सुनाउँदै।

हराउन थालेको गन्धर्व गायन, कर्खा र सवाईका प्रतीक तिनै हस्ती फेरि एकपटक काठमाडौंमा प्रस्तुत हुँदैछन्। 

आगामी शनिवार कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठान ‘लाल बहादुर गन्धर्व सारंगी साँझ २०६७’ आयोजना हुन लागेको हो। गोरखा घ्याम्पेसाल काठमाडौं सेवा समाज र गन्धर्व संस्कृतिक कला केन्द्रको संयुक्त आयोजनामा हुन लागेको कार्यक्रममा उनी एकल प्रस्तुति दिनेछन्। प्रज्ञा प्रतिष्ठानको पुस्तकालय हलमा दिउँसो २ बजेदेखि साँझ ७ बजेसम्म चल्नेछ।

काठमाडौंमा पहिलोपटक लाल बहादुर गन्धर्व साँझ हुन लागेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell