PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

जुनियर इन्टरनेसनल सिरिजमा स्टार खेलाडी प्रिन्सको विजयी शुरुवात



जुनियर इन्टरनेसनल सिरिजमा स्टार खेलाडी प्रिन्सको विजयी शुरुवात

काठमाडौं : दुबई इन्टरनेसनल सिरिजका विजेता ब्याडमिन्टनका स्टार खेलाडी प्रिन्स दाहाल प्रथम प्रेसिडेन्ट कप नेपाल जुनियर इन्टरनेसनल सिरिजमा जित निकाल्दै विजयी सुरुवात गर्न सफल भएका छन्।

भर्खरै जुनियरतर्फको विश्व वरियतामा १८ औँ स्थानबाट सुधार गर्दै प्रिन्स १४ औँ स्थानमा छलाङ मारेका प्रिन्सले आजको खेलमा सुखद शुरुवात गरेका हुन्।

आजबाट शुरु भएको प्रतियोगितामा दाहालले भारतका आर विकास प्रभुलाई २१-१५, ७-२१, २१-१४ को जित निकाल्दै पुरुष एकल तर्फ सेमिफाइनलको यात्रा तय गर्न सफल भए। नरेन्द्र बमले भने भारतका नितिन कुमारबाट वाक ओभर प्राप्त गरे।

यु-१९ को मात्र प्रतिस्पर्धा रहेको प्रतियोगितामा प्रिन्सले जित निकाल्दै गर्दा अन्य नेपाली खेलाडीहरुले भने उनलाई पछ्याउन सकेनन्। पुरुष एकलतर्फ आज भएको प्रतिस्पर्धामा जेबि साउद भारतका खेलाडी शिभम कुमार मिश्रसँग २१-१६, २१-११ ले पराजित भए।

यस्तै प्रियान्शु सिंह क्षेत्री श्रीलंकाका दुमिन्दु अवेविक्रमासँग २१-१३, २१-१४ ले, पेम्बा शेर्पा श्रीलंकाकै दिगायु कहातापितियासँग १७-२१, २१-८ र २२-२० को प्रतिस्पर्धात्मक खेलमा पराजित भए।

त्यसैगरी गोकुल जोरा भारतका अभिन बशिष्ठसँग २१-९, २१-९ को समान अन्तरले तथा अमृत चौधरी भारतका आयान रशिदसँग २१-८, २१-७ को सोझो सेटमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिए।

दशरथ रंगशालास्थित कभर्डहलमा भएको प्रतियोगिताको महिला एकलतर्फ पनि नेपाली खेलाडीहरुले पहिलो चरण पार गर्न सकेनन्। प्रसुना खत्री मलेसियाकी श्रन्या कबिलानसँग २१-१०, २१-९ ले तथा बिष्णा बिष्ट भारतकी अनुपमा उपाध्यायसँग २१-४, २१-६ ले पराजित हुन पुगे।

यो पनि पढ्नुहोस् :

विश्व वरियतामा प्रिन्स चौधौँ स्थानमा



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell