PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

अमेरिका र क्यानडाको दाबी: इरानी क्षेप्यास्त्रका कारण 'भूलवश' युक्रेनी विमान दुर्घटना



अमेरिका र क्यानडाको दाबी: इरानी क्षेप्यास्त्रका कारण 'भूलवश'  युक्रेनी विमान दुर्घटना
फोटो : INRA

इरानले इराकमा रहेको अमेरिकी सैन्य आधार शिविरमा क्षेप्यास्त्र प्रहार गर्दा भूलवश युक्रेनी विमानलाई प्रहार गरेको हुन सक्ने दाबी अमेरिका र क्यानडाले गरेको छ।

अमेरिकी हवाई कारवाहीमा इरानी सैन्य जनरल कस्सिम सोलेमानीको मृत्यु भएपछि इरानले बुधवार इराक स्थित सैन्य शिविरमा क्षेप्यास्त्र प्रहार गरेको थियो। उक्त आक्रमण भएकबो केही घण्टापछि इरानमा नै युक्रेनी विमान दुर्घटना भएको थियो।

इरान र युक्रेनले १७६ जना सवार उक्त विमान दुर्घटना हुनेको कारण बारे केही बताएका छैनन्। प्रारम्भिक रिपोर्टमा प्राविधिक कारणले विमान दुर्घटना भएको बताइएपनि अमेरिकी सुरक्षा एजेन्सीहरुले भने इरानले प्रहार गरेको क्षेप्यास्त्र भूलवश युक्रेनी विमानमा लागेको हुन सक्ने दाबी गरेका हुन्।

अमेरिकी दाबीबीच क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले पनि प्रारम्भिक प्रमाणहरुले युक्रेनी विमान इरानी क्षेप्यास्त्रबाट नै दुर्घटनामा परेको हुन सक्ने बताएका छन्। उक्त विमानमा क्यानडाका ६३ नागरिक थिए।

इरानले भने विमान उडेको केही समयमा नै त्यसमा आगो लागेको र दुर्घटना भएको बताउँदै आएको छ। इरानी अधिकारीहरुले वैज्ञानिक रुपमा क्षेप्यास्त्रका कारण विमान दुर्घटना भएको भन्नुमा कुनै आधार नभएको दाबी गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell