PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

'मानवीय त्रुटि'का कारण युक्रेनी विमानमा मिसाइल प्रहार गरिएको इरानद्वारा स्वीकार



'मानवीय त्रुटि'का कारण युक्रेनी विमानमा मिसाइल प्रहार गरिएको इरानद्वारा स्वीकार
फोटो EPA

१ सय ७६ यात्रु सवार युक्रेनी विमानको दुर्घटना इरानी सेनाको 'गल्ती' का कारण भएको इरानले स्वीकार गरेको छ।

इराकस्थित अमेरिकी सेनाको आधार शिविरलाई लक्षित गर्दै मिसाइल आक्रमण गरिएको दिन इरानमा युक्रेनी विमान दुर्घटना भएको थियो। शिविरमा आक्रमण गरेको केही घण्टापछि उक्त विमान दुर्घटना हुँदा विमानमा सवार सबै जनाको मृत्यु भएको थियो।

एक विज्ञप्ती जारी गर्दै इरानले आफ्नो रिभोलुसनरी गार्ड रहेको संवेदनशील क्षेत्रमा विमान देखिएपछि 'मानवीय गल्ती'  का कारण युक्रेनी विमान दुर्घटना भएको जनाएको छ।

युक्रेनी विमानलाई इरानी सेनाले 'भूलवश' मिसाइल प्रहार गरेर खसाएको पनि विज्ञप्तीमा उल्लेख छ।

अमेरिका र क्यानडाले यसअघि नै इरानले 'भूलवश' मिसाइल प्रहार गरेर विमान दुर्घटना भएको हुनसक्ने आधारहरु फेला परेको बताएको थियो। तर, इरानले भने उक्त आरोपको खण्डन गर्दै आएको थियो।     

उक्त विमानमा सबैभन्दा धेरै यात्रु इरानी नै थिए। ८२ इरानी, ५७ क्यानाडा र ११ युक्रेनी नागरिक विमानमा थिए। यस्तै, स्वीडेन, अफ्गानिस्तान र जर्मनीका नागरिकको समेत विमान दुर्घटनामा मृत्यु भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell