PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

उपल्लो तहमा महिला पुगे पनि अवस्था परिवर्तन हुन सकेन : उपसभामुख डा तुम्बाहाङ्फे



उपल्लो तहमा महिला पुगे पनि अवस्था परिवर्तन हुन सकेन : उपसभामुख डा तुम्बाहाङ्फे
फाइल फोटो।

काठमाडौं : उपसभामुख डा शिवमाया तुम्बाहाङ्फेले सत्ता र शासनमा महिलाहरुको सहभागिता शून्य र न्यून रहेको बताएकी छिन्।

‘नेपालमा महिला आन्दोलन’ पुस्तकको परिचर्चा कार्यक्रममा डा तुम्बाहाङ्फेले देशमा लोकतन्त्र आए पनि सत्ता र शासनमा महिलाहरुको सहभागिता न्यून रहेको बताएकी हुन्। विगत र वर्तमानलाई हेर्दा उपल्लो तहमा महिलाहरुको सहभागिता भए पनि महिलाहरुको अवस्था परिवर्तन हुन नसकेको उनले बताइन्।

‘महिलाहरुका लागि जति आन्दोलन भए पनि सत्तामा महिलाको संख्या, उपस्थिति र सहभागिता शून्य र न्यून दुवै छ। विगत र वर्तमानलाई हेर्दा उपल्लो तहमा महिलाहरुको सहभागिता छ तर सत्ताको माथिल्लो तहमा पुग्ने वित्तिकै महिलाहरुको अवस्थामा परिवर्तन हुन्छ भन्ने कुरा होइन रहेछ भन्ने नेपालमा पुष्टि भएको छ’, उनले भनिन्।

उनले पितृसत्तात्मक सोचको शिकार महिला मात्रै नभएर पुरुष पनि भएको उल्लेख गरिन्। बलियो बनेर बसेको पितृसत्तात्मक सोचलाई उन्मुलन गर्न महिलाहरु एकजुट भएर सशक्त रुपमा अगाडी बढ्नुपर्ने उनको भनाइ थियो।

उपसभामुख डा तुम्बाहाङ्फेद्वारा लिखित ‘नेपालमा महिला आन्दोलन’ पुस्तकमाथि परिचर्चा कार्यक्रम शनिवार राजधानीमा आयोजन गरिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell