PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

केशव द्वारेको उखु चोर्ने पृथ्वीनारायण शाहलाई एकीकरणको नाममा धेरै धुपबत्ती गरिरहनु पर्दैन : बाबुराम



केशव द्वारेको उखु चोर्ने पृथ्वीनारायण शाहलाई एकीकरणको नाममा धेरै धुपबत्ती गरिरहनु पर्दैन : बाबुराम
फाइल फोटो

काठमाडौं : आज पृथ्वीनारायण शाहको जन्मयन्ती। नेपाल एकीकरणका नायक मानिने शाहको सम्झनामा विभिन्न स्थानमा पृथ्वी जयन्ती तथा एकता दिवस मनाइँदै छ।

पृथ्वी जयन्तीकै दिन एकीकरणको विषयमा उनको प्रशंसा र विरोधसहितका टिप्पणीहरुले सामाजिक सञ्जाल तातिएको छ।

यही सन्दर्भमा समाजवादी नेपालका संघीय अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले शाहलाई देवत्वकरण र दानवीकरण दुबै गर्न नहुने बताएका छन्।

सामाजिक सञ्जाल ट्वीटरमा बाबुरामले भनेका छन्, 'प्रत्येक पुस२७आउँदा पृथ्वीनारायण शाहलाई एकथरिले देवत्वकरण र अर्काथरिले दानवीकरण गर्ने लिगलिगे दौड हुनु शोभनीय भएन। कसैको पनि मूल्याँकन ऐतिहासिक सापेक्षतामा गरिनुपर्छ। १८औं शताब्दीको चेतनामा उनले ग़रीब गोरखा राज्यविस्तार गरेका हुन् जुन प्रकारान्तरले वर्तमान नेपालराज्य बन्न पुग्यो।'

नेपाल एकतामा पृथ्वीनारायणको योगदा राम्रो भएको उल्लेख गर्दै उनले यसलाई सम्झनामै सीमित राख्नु उचित भएको र धेरै धुपबत्ती गरिरहनु उचित नहुने बताएका छन्। ट्वीटरमा थप भनेका छन्, 'राम्रै भयो।त्यही रूपमा उनलाई सम्झे पुग्छ!धेरै धूपवत्ति गरिरहनुपर्दैन। दरौंदीमा खेल्दा भोकाएर केशव द्वारेको उखु चोर्न बाध्य पृनाको आत्मालाई खुशी पार्ने हो भने उनको जन्मदिनमा छुट्टी हैन १२ घण्टा काम गरेर देशलाई धनी बनाऊँ। अर्कोतिर त्यसवेलाको चेतनामा संघीय राज्य सम्भव थिएन। गाली पनि नगरौं।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell