PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

सभामुखको टुंगो नलाग्दा प्रतिनिधि सभाको बैठक सूचना टाँसेर स्थगित



सभामुखको टुंगो नलाग्दा प्रतिनिधि सभाको बैठक सूचना टाँसेर स्थगित

काठमाडौं : हिउँदे अधिवेशनपछिको प्रतिनिधि सभाको चौथो बैठक पनि स्थगित भएको छ। आइतवार १ बजेका लागि बोलाइएको बैठक सूचना टाँस गरी स्थगित गरिएको हो। यसअघि ११ र १६ गतेको बैठक पनि सूचना टाँस गरी स्थगित भएको थियो। अर्को बैठक माघ ६ गते १ बजेका लागि डाकिएको छ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाले सभामुखको उम्मेद्वार टुंगो लगाउन नसक्दा बैठक स्थगित भएको हो।

शनिबार बेलुकी बसेको नेकपा सचिवालय बैठकले उपसभामुख शिवमाया तुम्बाहाङ्फेलाई पदबाट राजीनामा दिन आग्रह गरेको थियो। तर, उपसभामुखले सभामुखको टुंगो नलागेसम्म पदबाट राजीनामा नदिने अडान राखेकी छिन्।

यतिबेला प्रधानमन्त्री केपी शर्मा ओली, अध्यक्ष पुषपकमल दाहाल प्रचण्ड र उपसभामुख तुम्बाहाङफे छलफलमा छन्। उम्मेद्वार चयनमा विवाद हुँदा सभामुखको निर्वाचन कार्यतालिका सार्वजनिक हुन सकेको छैन। हिउँदे अधिवेशन पुस ४ गतेबाट  भएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell