PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

दिलीप हत्या प्रकरण : बिनामुचुल्का शव उठाउने प्रहरी निरीक्षक जिल्ला तानिए



सुमित मिश्र

दिलीप हत्या प्रकरण : बिनामुचुल्का शव उठाउने प्रहरी निरीक्षक जिल्ला तानिए

जनकपुरधाम : शुक्रवार बिहान जिल्लाको मिथिला नगरपालिका-५ श्रीपुरमा एक स्थानीय युवकको हत्या प्रकरणमा विवादित बनेका ईलाका प्रहरी कार्यालय ढल्केबरका प्रमुख प्रहरी निरीक्षक रामकुमार यादवलाई जिल्ला तानिएको छ।

हत्या गरिएका युवक दिलीप कुमार महतोको शव मुचुल्का बिनै उठाएपछि विवादमा मुछिएका प्रहरी निरीक्षक यादवलाई जिल्ला तानिएको हो। यादवले ठेकेदार र बालुवा प्रशोधन उद्योगका सञ्चालक विपीनकुमार महतोसँग मिलेर मुचुल्का बिना नै शव उठाएको स्थानीयको आरोप छ।

विवादित प्रहरी निरीक्षक यादवलाई आइतवार जिल्ला तानिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक रमेश बस्नेतने जनाए। प्रहरी निरीक्षक यादव सोही घटनामा जिल्ला तानिएको स्रोतले बताए पनि प्रहरी उपरिक्षक बस्नेतले भने उनको बचाउ गर्दै आन्तरिक कारणले तानिएको बताएका छन्।

प्रहरी उपरीक्षक बस्नेतले भने, ‘विवादका कारण भन्दा पनि प्रहरी भित्रकै आन्तरिक कारणले उहाँलाई जिल्ला बोलाएका हौँ।’

प्रहरी निरीक्षक यादव मोरङको विराटनगरस्थित इलाका प्रहरी कार्यालय रानीको प्रमुख रहँदा पनि तस्करसँग मिलेर सीमावर्ती क्षेत्रमा तस्करी गरेको अभियोगमा कारबाहीमा परेका थिए।

त्यस्तै गत २०७६ भदौ १९ गते हँसपुर नगरपालिकाको कार्यालय सार्ने मेयर र उपमेयरको विवादमा ईलाका प्रहरी कार्यालय धनुषाधाममा पनि उनी विवादित भई जिल्ला तानिएका थिए। राजपाका अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवका भाइ समेत रहेका उनी जहाँ गएपनि विवादमा पर्ने गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell