PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

गुन्डा नियन्त्रणमा लिन बौद्धमा प्रहरीले चलायो गोली, 'प्रहरीमाथि आक्रमण गरेपछि जवाफ फायर'



गुन्डा नियन्त्रणमा लिन बौद्धमा प्रहरीले चलायो गोली, 'प्रहरीमाथि आक्रमण गरेपछि जवाफ फायर'

काठमाडौं : गुन्डागर्दीमा संलग्न एक जनालाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको छ। 

सिन्धुपाल्चोकका बिष्णु लामालाई नियन्त्रणमा लिन बौद्धको जम्बुडाँडा नजिकै प्रहरीले गोली चलाएको हो। प्रहरीसँग जम्काभेट भएपछि आक्रमण गरेकाले जवाफमा गोली प्रहार गरेको प्रहरीको दाबी छ। 

'प्रहरीमाथि आक्रमण गरेपछि हामीले जवाफी प्रहार गरेका हौं,' महानगरीय प्रहरी वृतका डिएसपी रमेश सिंहले भने।
 
लामाविरुद्ध काठमाडौं र सिन्धुपाल्चोकमा ज्यान मार्ने उद्योगमा मुद्दा रहेकाले खोजी गरिएको प्रहरीले जानकारी दिएको छ। लामा हाल प्रहरीको नियन्त्रणमा छन्। उनको वीर अस्पतालमा उपचार भइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell