PahiloPost

Jul 31, 2025 | १६ साउन २०८२

पत्रकार कुटपिट घटनाविरुद्ध आन्दोलनको कार्यक्रम तय गर्न संघर्ष समिति गठन



सुमित मिश्र

पत्रकार कुटपिट घटनाविरुद्ध आन्दोलनको कार्यक्रम तय गर्न संघर्ष समिति गठन

जनकपुरधाम : पत्रकारमाथि भएको हातपातको विरोधमा आन्दोलनको कार्यक्रम तय गर्न नेपाल पत्रकार महासंघ धनुषा शाखाले संघर्ष समिति गठन गरेको छ।

यसअघि पत्रकार महासंघले प्रमुख जिल्ला अधिकारीलाई दोषीमाथि कारबाही गर्न भन्दै दिएको पाँच दिने अल्टिमेट सकिएपछि महासंघले आन्दोलनको कार्यक्रम तय गर्न समिति गठन गरेको हो।

संघर्ष समितिमा पत्रकार किरण कर्ण, वीरेन्द्र रमण, अजय अनुरागी, राजेश कर्ण, सुजित झा, उपेन्द्रभगत नागवंशी, नित्यानन्द मण्डल, मनिका झालगायत प्रेस संगठनका धनुषा संयोजक शैलेन्द्र महतो, प्रेस युनियन धनुषाका अध्यक्ष राजन सिंह, प्रेस नेपाल धनुषाका अध्यक्ष अर्जुन मण्डल, प्रेस मञ्च नेपाल धनुषाका अध्यक्ष जयन्त ठाकुर र मधेशी पत्रकार समाज धनुषाका अध्यक्ष शुभाष कर्ण छन्।

समितिले आन्दोलनको कार्यक्रम तय गर्नुका साथै दोषीमाथि कारबाहीका लागि थप दवाब सिर्जना गर्नका लागि विभिन्न राजनीतिक दल, नागरिक समाज, संघ संस्थासँग समन्वय गर्ने निर्णय समेत गरेको छ।

साथै पत्रकार कुटपिट घटनामा विभिन्न राजनीतिक पार्टी तथा संघसंस्थाहरुले देखाएको सदभाव प्रति धन्यवाद ज्ञापन गर्दै पत्रकारहरु माथि भएको कुटपिट तथा हातपातको छानविन गर्न पत्रकार महासंघको केन्द्रिय मिसन टोली, प्रादेशिक मिशन टोली, राष्ट्रिय मानव अधिकार आयोग सहितका विभिन्न अधिकारवादी टोलीहरुलाई पत्राचार गरि मिसन टोली माग गर्ने निर्णय गरेको छ।

गत पुस २२ गते मंगलवार जानकी मन्दिरको फुलवारी अतिक्रमण सम्बन्धमा प्रतिक्रिया लिन जाँदा जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहकै कार्यकक्षमा पत्रकारहरु माथि कुटपिट तथा हातपात भएको थियो। उक्त घटनामा ४ जना पत्रकार घाइते समेत भएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell