PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

तेलुगु फिल्म ‘अर्जुन रेड्डी’को नेपाली रिमेक बनाउँदै युवा फिल्म्स



तेलुगु फिल्म ‘अर्जुन रेड्डी’को नेपाली रिमेक बनाउँदै युवा फिल्म्स

काठमाडौं : तेलुगु फिल्म ‘अर्जुन रेडी’को नेपाली रिमेक बन्ने भएको छ। नेपाली फिल्म निर्माण कम्पनी एवम् वितरक युवा फिल्म्सले ‘अर्जुन रेड्डी’को कपि राइट्स खरिद गरेको हो।

‘अर्जुन रेड्डी’को नेपाली रिमेक बन्ने आधिकारिक जानकारी युवा फिल्म्सको तर्फबाट केशव खड्का र आशिश श्रेष्ठले दिएका छन्। फिल्म निर्माणको लागि भद्रकाली पिक्चर्सको तर्फबाट निर्माता प्रणय रेड्डी र युवा फिल्म्सका तर्फबाट केशव खड्काले अमेरिकामा आधिकारिक खरिद विक्रीको सम्झौता गरेका हुन्।

साउथ स्टार विजय देवगरकोन्डा अभिनित ‘अर्जुन रेड्डी’लाई सन्दीप रेड्डी भङ्गले निर्देशन गरेका थिए। फिल्मले बक्स अफिसमा राम्रो कमाइ गरेको थियो।

यहि फिल्मको हिन्दी रिमेक ‘कबिर सिंह’ भने गतवर्ष प्रदर्शनमा आएको थियो। युवा फिल्म्सले यसअघि नेपाली फिल्महरु ‘कबड्डी’, ‘पुरानो डुङ्गा’ लगायतका फिल्महरु निर्माण गरिसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell