PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

‘स्वामी शिवानन्द’को ठगी धन्दा : विदेश पठाइ दिने भन्दै शिष्यहरुसँग लाखौँ कुम्ल्याउँदै



‘स्वामी शिवानन्द’को ठगी धन्दा : विदेश पठाइ दिने भन्दै शिष्यहरुसँग लाखौँ कुम्ल्याउँदै

काठमाडौं : विदेश पठाइ दिने भन्दै शिष्यहरुलाई ठगी गर्ने एक जना ‘स्वामी’लाई प्रहरीले पक्राउ गरेको छ। ठगी गरेर फरार रहेका गुल्मी जिल्ला छत्रकोट गाउँपालिका-१ गैह्राबारीका २९ वर्षीय ‘स्वामी शिवानन्द’ भनिने दीपक भण्डारीलाई प्रहरीले पक्राउ गरेको हो।

भण्डारीले वर्किङ भिसामा चेक रिपब्लिक पठाइदिन्छु भन्दै टिकाराज पौठाक, सन्जिब कुमार राई र कृष्ण प्रसाद बरालसँग १८ लाख रुपैयाँ लिएको प्रहरीले जनाएको छ। त्यस्तै उनले सृजना घिमिरेबाट भिजिट भिसामा दुबई पठाइदिने भन्दै पासपोर्ट र ३० हजार रुपैयाँ लिएर फरार भएको प्रहरी अनुसन्धानबाट खुलेको छ। उनले विभिन्न स्थानहरुमा योग शिविर समेत सञ्चालन गर्दै आएको प्रहरीले बताएको छ।

पीडितहरुको उजुरीपछि महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले फरार भण्डारीलाई सोमवार सितापाइलाबाट पक्राउ गरेको थियो। उनलाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको महाशाखाले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell