PahiloPost

Sep 18, 2025 | २ असोज २०८२

सवारी दुर्घटनामा गायक निशान भट्टराईको निधन



सवारी दुर्घटनामा गायक निशान भट्टराईको निधन

काठमाडौं : गायक निशान भट्टराईको निधन भएको छ। सवारी दुर्घटनामा परी उनको निधन भएको हो।

गत रात दरबारमार्गस्थित बानथाइ रेस्टुरेन्टबाट निवास फर्कने क्रममा भट्टराईले चलाएको कार तिनकुनेस्थित सडकको पोलमा ठोकिदा उनी गम्भिर घाइते भएका थिए।

घाइते भए लगत्तै उनलाई उपचारको लागि ट्रमा सेन्टर पुर्‍याइएको थियो। अस्पताल पुर्‍याएसँगै उनलाई मृत घोषणा गरिएको थियो।

भट्टराई ४० को दशकदेखि गायनमा सक्रिय थिए। उनी विशेष गजलको लागि चर्चित छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell