PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

बेलायतको शाही जिम्मेवारीबाट अलग हुने ह्यारी र मेगनको चाहनालाई महारानीको समर्थन



बेलायतको शाही जिम्मेवारीबाट अलग हुने ह्यारी र मेगनको चाहनालाई महारानीको समर्थन
फोटो : GETTY IMAGES

बेलायतकी महारानी एलिजाबेथले राजकुमार ह्यारी र मेगन मार्कलले शाही जिम्मेवारी त्याग्ने चाहनाको समर्थन गरेकी छिन्।

ड्युक र डचिस अफ ससिक्स रहेका ह्यारी र मेगनले केही दिनअघि शाही भूमिकाबाट अलग बस्ने घोषणा गरेका थिए। आर्थिक रुपमा आत्मनिर्भर बन्न दुवै जना काम गर्ने चाहनास्वरुप उक्त निर्णय लिएको बताइएका थिए।

ह्यारी र मार्कलको उक्त निर्णयबाट बेलायती राजपरिवारका वरिष्ठ सदस्यहरु निराश भएको बताइएको थियो। महारानी समेत उनीहरुको निर्णयका कारण दुखी भएकी थिइन्। त्यसलगत्तै राजपरिवारमा उनीहरुको निर्णयका बारेमा छलफल भएको थियो।

यद्यपि, एक वक्तव्य जारी गर्दै उनले भनेकी छिन्,' उनीहरु राजपरिवारको सदस्यको पूर्णकालिन भूमिकामा भए राम्रो हुन्थ्यो भन्ने मेरो चाहना थियो। तर नयाँ जीवनको शुरुवात गर्ने ह्यारी र मेगनको चाहनालाई पूर्ण समर्थन गर्छु।'

महारानी एलिजाबेथले यस विषयमा ह्यारीसँग छुट्टै कुरा गर्ने तयारी गरिरहेको बताइएको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell