PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

बसमा अश्लील क्रियाकलाप गर्ने युवक प्रहरीद्वारा सार्वजनिक, भिडियो बनाएर पैसा कमाउन गरेका थिए त्यस्तो हर्कत



बसमा अश्लील क्रियाकलाप गर्ने युवक प्रहरीद्वारा सार्वजनिक, भिडियो बनाएर पैसा कमाउन गरेका थिए त्यस्तो हर्कत

काठमाडौं : एक वर्षअघि सार्वजनिक बसमा अश्लील क्रियाकलाप गर्ने युवकलाई प्रहरीले नियन्त्रणमा लिएर सार्वजनिक गरेको छ।

भरतपुर महानगरपालिका विकास चोकका २१ वर्षीय रबिन सार्की भन्ने रबिन रुचाललाई प्रहरीले नियन्त्रणमा लिएको हो। महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाको टोलीले सोमबार चितवनबाट सार्कीलाई नियन्त्रणमा लिएको थियो।

के थियो बस काण्डका चर्चित यो घटना? पढ्नुस् : सोसल मिडियामा भाइरल बस काण्ड

सार्कीको च्याटहरु, फेसबुक पोष्ट र म्यासेजहरुको अनुसन्धान गर्दा उनले नै बसमा अश्लील क्रियाकलाप गरेर भिडियो अपलोड गरेको देखिएको महाशाखाका एसएसपी सहकुल थापाले बताए।

काठमाडौंमा रिक्सा चालकका रुपमा काम गरेका सार्कीले पैसाका लागि बसमा हस्तमैथुन गरेको भिडियो बनाएर अपलोड गरेको अनुसन्धानबाट खुल्न आएको उनले बताए।

'उक्त भिडियो अश्लील साइटमा राखेर पैसा आउँछ भन्ने सोचका साथ उनले यस्तो हर्कत गरेको देखियो,' थापाले भने।   

सार्कीले उक्त भिडियो साउनमा बनाएको र मंसिरमा अपलोड गरेका थिए। उक्त भिडियो भाइरल भएपछि सार्की भारत भागेको प्रहरीले बताएको छ। भारतको दिल्ली पुगेर उनले तीन महिन मोमो फ्याक्ट्रीमा काम गरेका थिए। त्यसपछि दिल्लीबाट कश्मीर पुगेका उनी त्यहाँ ४ महिना बसेका थिए। करिब दुई महिना अगाडी नेपाल आएर सार्की आफ्नै घरमा बसिरहेका थिए। उनी आएको सूचना प्राप्त भएसँगै उनलाई चितवनबाट पक्राउ गरिएको हो।

मुलुकी अपराध संहिताले सार्वजनिक स्थानमा यौनाङ्ग देखाउन तथा कसैलाई अश्लील गालीगलौज गर्न निषेध गरेको छ। कसूर गर्ने व्यक्तिलाई छ महिनासम्म कैद वा पाँच हजार रुपैयाँसम्म जरिवाना वा दुबै सजाय हुने व्यवस्था छ।

के छ भिडियोमा?

भिडियो दुई मिनेट २० सेकेन्डको छ। अश्लील भिडियो राख्ने वेबसाइटमा राखिएको भिडियोपछि सामाजिक सञ्जालमा भाइरल बनेको थियो।

भिडियोमा ‘यो गाडी उताबाट जान्छ नि’, ‘हिँड्नै मन लागेको छैन। अघि त डल्लु पुलबाट गाडी चढेको‘, ‘यो गाडी टेकु जान्छ है?’ भनेको आवाज सुनिन्छ।

गाडी चलेको हुँदैन। भिडियोमा केटाको अनुहार देखिएको हुँदैन तर ज्याकेट र खैरो ट्राउजरमा चप्पल लगाएको देखिन्छ। गाडीभित्र बसेका ती युवक अश्लील हर्कत गर्दै हस्तमैथुन गरी वीर्यपतन गरिरहेको देखिन्छ।

दोस्रो र तेस्रो भिडियोमा युवकको हर्कत त्योभन्दा बढी देखिन्छ। एउटा भिडियोमा उनले आफूभन्दा अगाडिको सिटमा बसेकी युवतीको टाउकोतिर लक्षित गरी वीर्य झार्छन्। अर्को भिडियोमा त झन् युवतीको कपालमा नै पर्ने गरी वीर्य फालेको देखिन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell