PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

फिलिपिन्समा टाल ज्वालामुखी विस्फोटनको त्रास

फिलिपिन्समा टाल ज्वालामुखी विस्फोटनको त्रास


फिलिपिन्समा सक्रिय टाल ज्वालामुखी जुनसुकै बेला विस्फोट हुने खतरा बढ्दै गएको छ। मनिलाबाट ७० किलोमिटर दक्षिणमा रहेको ज्वालामुखीबाट लाभा निस्कन क्रम बढ्दै गएको र पूरै शहरमा खरानी फैलिएको छ।  

ज्वालामुखी रहेको क्षेत्रमा बस्दै आएका करिब ८ हजार मानिसलाई सुरक्षित स्थान तर्फ सारिएको छ। अधिकारीहरुले विस्फोटन निकै डरलाग्दो हुने भन्दै यसबाट ४ लाख भन्दा धेरै मानिस प्रभावित हुन सक्ने बताइएको छ।

लाभा र खरानी सँगै बिजुली चम्कने र तीव्र गतिमा हावा चलिरहेको छ। लाभा निस्किन सुरु भएसँगै टाल ज्वालामुखी रहेको क्षेत्रमा ७५ वटाभन्दा धेरै भूकम्प गइसकेको छ।

फिलिपिन्समा सक्रिय रहेको ज्वालामुखीमध्ये टाल ज्वालामखी दोस्रोमा पर्छ। गएको ४ सय ५० वर्षमा उक्त ज्वालामुखी करिब ३४ पटक विस्फोट भइसकेको छ।

फोटो : REUTERS/XINHUA/AFP/GETTYIMAGES/REX


ट्रेन्डिङ पोस्ट

Ncell