PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

संकटा र आर्मी बराबरीमा रोकिँदा मछिन्द्र शीर्ष स्थानमै



संकटा र आर्मी बराबरीमा रोकिँदा मछिन्द्र शीर्ष स्थानमै

काठमाडौ : शहीद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत आज भएको छैठौँ चरणको अन्तिम खेलमा त्रिभुवन आर्मी क्लब र संकटा क्लब बराबरीमा रोकिएका छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भएको खेलमा आर्मी र संकटा १-१ को बराबरीमा रोकिएका हुन्।

खेलमा आर्मीले अग्रता बनाएको थियो। खेलको २९ औँ मिनेटमा आर्मीका नवयुग श्रेष्ठले हेडिङ मार्फत उत्कृष्ट गोल गर्दै आर्मीलाई अग्रता दिलाए। पहिलो हाफमा आर्मी एक गोलले अगाडि रह्यो।

दोस्रो हाफमा आर्मी दश खेलाडिमा सिमित भएको थियो। खेलको ५२ औँ मिनेटमा योद्धा शाही रातो कार्ड खाँदै बाहिरिए। त्यसको तीन मिनेट भित्रै पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै संकटाले खेल बराबरीमा ल्यायो। संकटाका लागि अमित तामाङले गोल गर्दै खेल बराबरीमा पुर्‍याए। त्यसपछि दुवै टिमले गोल गर्न नसक्दा खेल बराबरीमा टुङ्गियो।

आर्मी बराबरीमा रोकिँदा मछिन्द्र क्लबलाई फाइदा भएको छ। आर्मीले आज १ अंक जोड्दै १३ अंक बनाएको छ। समान १३ अंक नै बनाएको मछिन्द्र गोल अन्तरको आधारमा छैठौँ चरण सकिँदा अंक तालिकाको शीर्ष स्थानमा कायम रह्यो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell