PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

कलेजको बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु



सुमित मिश्र

कलेजको बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु

जनकपुरधाम  : जनकपुरको एक निजी क्याम्पसको बसले मोटरसाइकललाई ठक्कर दिँदा दुइ युवाको मृत्यु भएको छ। जनकपुरधाम-४ स्थित मोडेल मल्टिपल कलेजको बसले  मोटरसाइकललाई ठक्कर दिँदा दुई युवकको मृत्यु भएको हो।

मंगलवार दिउँसो जनकपुर ढल्केबर सडकखण्डको लक्ष्मीनिया र सपहीको बीचमा ढल्केबरबाट जनकपुरतर्फ गइरहेको ज १ क २८२ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको ज १० प ३५३५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुई युवाको मृत्यु भएको हो।

मृत्यु हुनेमा लक्ष्मीनिया गाउँपालिका वडा नम्बर ७ पर्सापकडियाका २५ वर्षीय सन्तोष ठाकुर र क्षिरेश्वरनाथ नगरपालिकाका २५ वर्षीय अनवर राईन रहेका छन्। उनीहरु दुवै जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। आक्रोशित भीडले बसमा आगजनी गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell