PahiloPost

Sep 18, 2025 | २ असोज २०८२

देउवालाई प्रदीप पौडेलको आग्रह : वाइडबडी काण्ड छानबिन नभएसम्म संसद चल्न नदिनुस्



देउवालाई प्रदीप पौडेलको आग्रह : वाइडबडी काण्ड छानबिन नभएसम्म संसद चल्न नदिनुस्
फाइल फोटो

काठमाडौं : कांग्रेस युवा नेता प्रदीप पौडेलले वाइडबडी काण्ड छानबिन नभएसम्म संसद ठप्प गर्न आफ्ना पार्टीका सभापति शेरबहादुर देउवालाई आग्रह गरेका छन्।

जिपि कोइराला फाउन्डेसनले राजधानीको बत्तीसपुतलीमा आयोजना गरेको कार्यक्रममा पौडेलले उक्त भनाई राखेका हुन्।

'ठूलठुला भ्रष्टचारका काण्ड छन्। यसको छानबिन कसले गर्ने त्यसैले म भन्न चाहन्छु सभापतिलाई वाइडबडी छानबिन नभएसम्म स‌ंसद बन्द गर्न लाउनुस्,' पौडेलले भने।

त्यसैगरी उनले जनतालाई झुक्याउने प्रधानमन्त्री केपी शर्मा ओलीलाई सूचना प्रविधि विधेयक लगाएर जेल हाल्न हुने कि नहुने भनी प्रश्नसमेतसमेत गरेका छन्।

काम गर्न नभइ अहिले सरकार जनता झुक्याउन लागि परेका पनि उनको आरोप थियो।

उनले भने, 'पानीजहाज ल्याउँछ भन्ने केपी ओलीले पानी जाहाज नल्याएर अफवाह फैलाएकोमा सूचना प्रविधि विधेयक अनुसार जेल हाल्न किन न हुने?'

सूचना प्रविधि विधेयक ल्याएर सरकार अझै निरंकुशताको बाटोमा लागेको उनले दाबी गरे। भने, 'अहिले हरेक व्यक्तिभित्र सरकार पस्दै छ। टेलिफोनमा सरकार पस्दैछ। प्रेमीप्रेमिकाका कुरा जान्न मन छ सरकारलाई। यो सरकार कति निरंकुश छ?'

यो विधेयक ल्याएर सञ्चारमन्त्री गोकुल बास्कोटाले राष्ट्रिय बेइज्जइत गरेको पौडेलले आरोप लगाए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell