PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

आठ वर्षपछि ‘गो गोवा गन’को सिक्वेल आउँदै



आठ वर्षपछि ‘गो गोवा गन’को सिक्वेल आउँदै
Photo: Hindustan Times

मुम्बई : सन् २०१३ मा लिरिज भएको जोम्बी फिल्म ‘गो गोवा गन’को सिक्वेल आउने भएको छ। २०२१ को मार्चमा ‘गो गोवा गन २’ रिलिज हुने बताइएको छ।

फिल्म निर्माता कम्पनी म्याडोक फिल्म्सले ट्विटरमार्फत सो कुराको जानकारी दिएको हो। २०१३ मा आएको ‘गो गोवा गन’मा सेफ अली खान, कुणाल खेमू, वीर दास, पूजा गुप्ता र आनन्द तिवारीको मुख्य भूमिका थियो।

 

करिब १९ करोड भारुमा बनेको सो फिल्मले बक्स अफिसमा ३८ करोड भन्दा धेरै कमाएको थियो। सो फिल्मको निर्देशन राज एण्ड डिकेले गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell