PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

रसियामा शक्ति सन्तुलनको प्रयास, राष्ट्रपति पुटिन संविधान संशोधन गर्ने पक्षमा



रसियामा शक्ति सन्तुलनको प्रयास, राष्ट्रपति पुटिन संविधान संशोधन गर्ने पक्षमा
फोटो : Kremlin via REUTERS

रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनले प्रधानमन्त्रीका लागि मिखाइल मिशुस्टिनको नाम प्रस्ताव गरेका छन्।

पुटिनले रसियाली संविधानमा संशोधन गर्ने घोषणागरेसँगै प्रधानमन्त्री दिमित्रि मेद्भेदेवले राजीनामा दिएका थिए। दिमित्रिको राजीनामासँगै पुटिनले संघीय कर सेवा प्रमुख रहेका मिशुस्टिनलाई नयाँ प्रधानमन्त्रीको रुपमा प्रस्ताव गरेका हुन्।

पुटिनले संविधानमा संशोधन गर्दै देशको शक्ति सन्तुलनमा उल्लेखनीय परिवर्तन गर्ने योजना बनाएका छन्। पुटिनको सुधार प्रस्तावमा राष्ट्रपतिको सट्टा संसद्लाई प्रधानमन्त्री र वरिष्ठ मन्त्रिपरिषद् सदस्यहरू छनौट गर्ने अधिकार दिने व्यवस्था समावेश गरिएको बताइएको छ।

पुटिन संविधान संशोधन गर्नका लागि देशव्यापी रुपमा जनमतसंग्रह गराउने पक्षमा रहेको बताइएको छ। संवैधानिक व्यवस्था परिवर्तन गर्ने घोषणा गरेका पुटिनले एक व्यक्ति दुई कार्यकालको लागि मात्रै राष्ट्रपति बन्न पाउनुपर्ने प्रस्ताव समेत गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell