PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

इरानले गरेको आक्रमणमा अमेरिकी सैनिक घाइते भएको सैन्य गठबन्धनद्वारा स्वीकार



इरानले गरेको आक्रमणमा अमेरिकी सैनिक घाइते भएको सैन्य गठबन्धनद्वारा स्वीकार
फोटो : CNN

इरानले गत हप्ता इराकस्थित अमेरिकी सैन्य आधार शिविरमा गरेको आक्रमणमा अमेरिकी सैनिकहरु घाइते भएको खुलेको छ।

अमेरिकाले पहिला सो आक्रमणमा आफ्‍नो सेनामा कुनै क्षति नपुगेको दावी गरेको थियो। इरानले भने ८० जना अमेरिकीहरु सो हवाई आक्रमणमा मृत्यु भएको दावी गरेको थियो।

‘जनवरी ८ मा इरानले अल असाद एयर बेसमा गरेको आक्रमणमा अमेरिकी सैनिकको मृत्यु भएको छैन। यद्यपि, सो आक्रमणमा केही सैनिकहरु भने घाइते भएका छन्,’ अमेरिकी सैन्य गठबन्धनले एक विज्ञप्ती जारी गर्दै उल्लेख गरेको छ।

घाइते सैनिकहरुलाई जमर्नीमा उपचारका लागि लगिएको बताइएको छ। उनीहरु उपचारपछि फेरि इराक फर्केन विज्ञप्तीमा उल्लेख छ।

सीएनएनका अनुसनर ११ जना सैनिक इरानको आक्रमणमा घाइते भएका थिए। अमेरिकाले इराकस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई आक्रमण गरेर इरानी सैन्य जनरलको मृत्यु भएपछि इरानले बदला स्वरुप एयर बेसमा आक्रमण गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell