PahiloPost

May 13, 2025 | ३० बैशाख २०८२

मन्त्रीको फोटोमा जुत्ता हान्ने चारजना पक्राउ



सुमित मिश्र

मन्त्रीको फोटोमा जुत्ता हान्ने चारजना पक्राउ

जनकपुरधाम : भुक्तानी नदिएको भन्दै उपभोक्ता संघर्ष समितिका पदाधिकारीहरुले मुख्यमन्त्रीदेखि मन्त्रीहरुको व्यानरमा जुता चप्पल हान्न थालेपछि प्रहरीले चार जनालाई पक्रेको छ।

शुक्रवार जनकपुरधामको जिरो माइलमा प्रदर्शन गरिरहेका संघर्ष समितिका पदाधिकारीहरुले आफूहरुले गरेको विकास निर्माणको काम वापत भुक्तानी नदिएको भन्दै मुख्यमन्त्री तथा मन्त्रीहरु विरुद्ध नारावाजी गर्दै जुत्ता चप्पल प्रहार गरेपछि प्रहरीले रोशन सिंह राणा, रोशन ठाकुर, विमलेश ठाकुर र शंकर साहलाई नियन्त्रणमा लिएको हो।

उपभोक्त समितिका पदाधिकारीहरुले यसभन्दा पहिले गत आर्थिक वर्षमा सम्पन्न गरेको योजनाहरुको भुक्तानी नगरिएको भन्दै भौतिक पूर्वाधार विकास कार्यालय तालाबन्दी गरेका थिए।

उपभोक्तहरुको भूक्तानी नगरेको भन्दै प्रदेशसभामा प्रतिपक्षी दल तथा सत्ता पक्षकै सांसदहरुले प्रदेशसभा आवरुद्ध गरेपछि अहिले अनिश्चितकालको लागि प्रदेशसभा बैठक स्थगित गरिएको छ। गत आर्थिक वर्षमा विभिन्न मन्त्रालय र प्रदेश सांसदमार्फत बाँडिएका ८ सय ४२ योजनामध्ये करिब ८७ करोड रुपैयाँ भुक्तानी हुन बाँकी छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell