PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

फ्राइडे रिलिजमा एक नेपालीसँगै दुई विदेशी फिल्म



फ्राइडे रिलिजमा एक नेपालीसँगै दुई विदेशी फिल्म

काठमाडौं : यो साता फ्राइडे रिलिज अन्तर्गत नेपाली फिल्म ‘१२ सत्ताइस’ प्रदर्शनमा आएको छ। त्यस्तै बलिउड तर्फ फिल्म ‘जय मम्मी दी’ र हलिउडतर्फ थ्रडी फिल्म ‘डु लिटल’ प्रदर्शनमा आएको छ।

कमेडी जनारामा निर्माण भएको फिल्म ‘१२ सत्ताइस’लाई जोन योञ्जनले निर्देशन गरेका हुन्। फिल्ममा निर्देशक योञ्जनकै कथा रहेको छ। फिल्ममा समीर श्रेष्ठ, अभिषेक नेपाल, काजी राना, अस्मिता लामिछाने, सम्रान्त थापा लगायतका कलाकारहरुले अभिनय गरेका छन्। पैसाको पछि लागेका युवाहरुको जीवनमा आइपर्ने उतारचढावलाई फिल्ममा प्रस्तुत गरिएको छ।

त्यस्तै बलिउड फिल्म ‘जय मम्मी दी’लाई नवजोत गुलाठीले निर्देशन गरेका हुन्। कमेडी जनारामा निर्माण भएको यस फिल्ममा सनी सिंह, सोनाली सेयगल, सुप्रिया पाठक लगायतको अभिनय रहेको छ।

बलिउड थ्रिडी फिल्म ‘डु लिटल’पनि आजबाट प्रदर्शनमा आएको छ। स्टेफेन गगहानद्वारा निर्देशित यस फिल्ममा टम होल्यान्ड, इमा थोपसन लगायतले अभिनय गरेका छन्। यो कमेडी जनारमा निर्माण भएको फिल्म हो।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell