PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

माहीको क्रिकेट यात्रा : कन्ट्रयाक्ट लिस्टबाट बाहिरिए पछि धोनीले के गर्लान ?



माहीको क्रिकेट यात्रा : कन्ट्रयाक्ट लिस्टबाट बाहिरिए पछि धोनीले के गर्लान ?
फोटो : GETTY IMAGES

लामो समययता सन्यासको चर्चामा छन् भारतीय क्रिकेट महेन्द्रसिंह धोनी। उनले अघिल्लो सिजनको आइपिएल पछि नै सन्यास लिने भन्ने चर्चा भारतीय मिडियामा भएको थियो। चर्चा राम्ररी नसेलाउँदै विश्वकप आयो। विश्वकप पछि चाहीँ उनले सन्यास लिनेछन् भन्ने खबर फेरि बजारमा चल्यो। तर, धोनीले यी सबै कुरालाई हल्लानै भएको पुष्टि गरे। यस विषयमा मुख खोल्दै खोलेनन्।

विश्वकपको सेमिफाइनलमा न्युजिल्यान्डसँग पराजय भोगेयता उनी कतै पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा देखिएका छैनन्। उनी कहिले आर्मी क्याम्पमा देखिए त कहिले अरु नै भूमिकामा। पछिल्लो समय आइपिएल नजिँकिँदै गर्दा त्यसको तयारीमा छन् उनी।

केही दिन अघिमात्र बिसिसिआईको कन्ट्राक्ट लिस्टमा उनी समावेश नभएसँगै उनले सन्यासको तयारी गरिरहेको हो कि भन्ने चर्चा परिचर्चा फेरि चुलेको छ।

बिसिसिआइले बिहीबार जारी गरेको खेलाडीको कन्ट्राक्ट लिस्टमा भारतीय क्रिकेट टिमका पूर्वकप्तानसमेत रहेका महेन्द्रसिंह धोनी परेनन्। यस विषयले सामाजिक सञ्जालमा राम्रै चर्चा पाइरहेको छ।

के हो सेन्ट्रल कन्ट्राक्ट?

भारतीय क्रिकेट बोर्डको खेलाडीसँग एक वर्षे कन्ट्राक्ट हुन्छ। जो खेलाडी लिस्टमा हुन्छन् उसलाई बिसिसिआईको योजनाहरुमा सामेल गरिन्छ। ती खेलाडीको प्रदर्शन र खेललाई बिसिसिआईले नजिकबाट हेरिरहेको हुन्छ।

बिसिसिआईले खेलाडीहरुलाई चारवटा ग्रेडमा बाँड्ने गर्छ। ए प्लस, ए, बी र सी ग्रेड। यसमा ए प्लसको खेलाडीले वार्षीक सात करोड भारतीय रुपैयाँ पाउँछन्। त्यस्तै ए ग्रेडका खेलाडीले ५ करोड, बी ग्रेडका खेलाडीले ३ करोड र सी ग्रेडका खेलाडीले वार्षीक १ करोड पाउँछन्।

यसपटकको ए प्लस ग्रेडमा ३ खेलाडी अटाएका छन् जसमा बिराट कोहली, रोहित शर्मा र जसप्रित बुमराह।

धोनी भने कुनै ग्रेडमा अटाएनन्।

माही 'आउट' हुँदाको तरङ्ग

महेन्द्रसिंह धोनीलाई धेरैले माही भनेर बोलाउँछन्। भारतीय क्रिक्रेट इतिहासमा सबै भन्दा सफल कप्तान कहलिने उनै माहीलाई बिसिसिआईले लिस्टबाट 'आउट' गरेपछि भारतमा यस विषयले नयाँ तरंग उत्पन्न भएको छ।

 अघिल्लो वर्ष ए ग्रेडमा थिए धोनी। तर यस वर्ष उनी बाहिरिएसँगै समर्थकहरुले माहीको करियर नै समाप्त भएको विश्लेषण समेत गर्न भ्याएका छन्। सामाजिक संजालमा 'थ्याङ्क यू धोनी' , 'एमएस धोनी' ट्रेन्ड पनि शुरु भए।

'एउटा युगको अन्त्य भयो', 'बेस्ट विकेटकिपर, बेस्ट म्याचफिनिसर', 'बोर्डको निर्णय लज्जास्पद' लगायतका मिश्रित प्रतिकृयाहरु आइरहेका छन्।

धोनी रणजी ट्रफीको तयारीमा

आरोप र सम्भावनाबीच धोनी भने रणजी ट्रफीको तयारीका लागि झारखण्ड पुगेका छन्। उनले त्यहाँ अभ्यास पनि गरिरहेका छन्। यो खास धोनीले आइपिएलका लागि तयारी शुरु गरेको भन्ने भारतीय मिडियाहरुले दावी छ। झारखण्डले आइतबार उत्तराखण्डसँग खेल्दैछ। विश्वकपको सेमिफाइनलमा पराजित भएयता धोनीले कुनैपनि प्रतिस्पर्धात्मक म्याचमा भाग लिएका छैनन्। विश्वकप पछि आर्मीसँग केही समय बिताएका धोनीले त्यसपछि भारतले खेलेका कुनै म्याचमा सहभागी भएका छैनन्।

कोचको जोड आइपिएलमा

भारतीय क्रिकेट टिमका मुख्य प्रशिक्षक रवि शास्त्रीले धोनीको क्रिकेट करियर आइपिएलले निर्धारण गर्ने बताउँदै आएका छन्। विश्वविजेता कप्तान भएता पनि फेरि प्रदर्शनकै आधारमा मात्र उनी टिममा फर्कन सक्ने शास्त्रीको मत छ।

आइपिएलमा धोनी चेन्नइका कप्तान हुन्।   बिसिसिआईले कन्ट्रयाक्ट रिन्यु नगरेसँगै उनले आफ्ना समर्थकलाई आइपियलकै मैदानबाट खुशी बनाउने प्रयास गर्नुपर्नेछ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell