PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

राष्ट्रपतिको आलोचना गरेको अडियो बाहिरिएपछि युक्रेनका प्रधानमन्त्रीद्धारा राजीनामा



राष्ट्रपतिको आलोचना गरेको अडियो बाहिरिएपछि युक्रेनका प्रधानमन्त्रीद्धारा राजीनामा
फोटो : Hennadii Minchenko/Ukrinform via Zuma Wire/Rex/Shutterstock

युक्रेनका प्रधानमन्त्री ओलेक्सी गोन्चारुकले राजीनामा दिएका छन्।

राष्ट्रपति भोलोडोम्यर जेलेन्स्कीको आलोचना गरेको अडियो रेकर्ड सार्वजनिक भएपछि उनले राजीनामाको घोषणा गरेका हुन्। उनले २०१९ अगस्तबाट प्रधानमन्त्रीको पद सम्हालेका थिए।

गोन्चारुकले अडियोमा आर्थिक विषयलाई लिएर राष्ट्रपति जेलेन्स्कीको आलोचना गरेका थिए। तर गोन्चारुकले भने सार्वजनिक भएको अडियो बनावटी भएको र राष्ट्रपतिप्रति आफ्नो सम्मान गिराउने नियतले बनाएर सार्वजनिक गरिएको आरोप लगाएका छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell