PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

धानको उत्पादन बढाउन मन्त्रालय हरदम तयार : कृषिमन्त्री भुसाल



धानको उत्पादन बढाउन मन्त्रालय हरदम तयार : कृषिमन्त्री भुसाल
फाइल फोटो।

काठमाडौं : कृषि तथा पशुपंक्षी विकासमन्त्री घनश्याम भुसालले विश्वविद्यालय र कलेजहरुलाई कृषिसँग जोड्नुपर्ने आवश्यकता औँल्याएका छन्।

शुक्रवार संसदको दिगो विकास समिति बैठकमा सांसदहरुसँगको छलफलका क्रममा मन्त्री भुसालले विश्वविद्यालय तथा कलेजहरुलाई कृषिसँग जोड्नुपर्ने आवश्यकता औँल्याएका हुन्। नेपालमा कृषि सम्बन्धी अध्ययन/अध्यापन गराउने कलेज नै नभएको भन्ने भनाइ गलत भएको भन्दै मन्त्री भुसालले त्रिभुवन विश्वविद्यालय लगायतका विश्वविद्यालय र अन्य कलेजहरुलाई कृषिकर्मसँग जोड्नुपर्नेमा जोड दिए।

बैठकमा सांसद प्रमिला कुमारीले नेपालमा कृषि सम्बन्धी अध्ययन गराउने कलेजहरु पर्याप्त नभएको भन्दै जिज्ञासा राखेकी थिइन्। जवाफमा मन्त्री भुसालले विश्वविद्यालय नै नभएको भन्ने कुरा सहि नभएको तर विश्वविद्यालय र कलेजहरुको शिक्षालाई कृषिकर्मसँग कसरी जोड्न सकिन्छ भन्नेमा समस्या रहेको बताए। बजारमा कृषिको ठूलो जनशक्ति भएपनि त्यसलाई प्रयोग गर्न नसकिएको उनको भनाइ छ।

मन्त्री भुसालले धानको उत्पादन बढाउन मन्त्रालय हरदम तयार रहेको बताए। प्रोजेक्ट बनाउने भन्दा उत्पादन बढाउने कुरामा मन्त्रालय तयार रहेको उनले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell