PahiloPost

Apr 17, 2024 | ५ बैशाख २०८१

पेस्तोलसहित दुई जना पक्राउ



सुमित मिश्र

पेस्तोलसहित दुई जना पक्राउ

जनकपुरधाम : धनुषाको जनकपुरधाम उप–महानगरपालिका १ भानुचोकबाट दुई जना पेस्तोलसहित पक्राउ परेको छ।

शनिवार साँझ ६ बजे बा १४ च ७४५९ नम्बरको कारले ज ९ प ४८०६ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा शंकाको आधारमा प्रहरीले जाँच गर्दा कारबाट पेस्तोल बरामद भएको हो।

पक्राउ पर्नेहरुमा धनुषा क्षिरेश्वरनाथ नगरपालिका १ रमदैया बस्ने ४२ वर्षीय जितेन्द्र कुमार यादव र सोही ठाउँका ३० वर्षीय कुमोद नारायण झा रहेको प्रहरीले जनाएको छ। उनीहरुले कारको डिक्कीमा लुकाएर राखेको ठूलो चाइनिज पेस्तोल १ थान, पेस्तोलमा लाग्ने गोली ६ राउण्ड र म्यागजिन थान १ बरामद भएको प्रहरी नायब उपरिक्षक रामेश्वर कार्कीले जानकारी दिए।

कारको ठक्करबाट महोत्तरी जिल्लाको पिपरा गाउँपालिका ५ बस्ने २० वर्षीय पारस कुमार यादव र धनुषाको हंसपुर नगरपालिका २ बघचौरा बस्ने ३० वर्षीय शिव कुमार मण्डल घाइते भएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell