PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

चीनमा 'कोरोना भाइरस' आतंक, विश्व तरंगित हुँदा नेपालमा भने छैन सावधानी



चीनमा 'कोरोना भाइरस' आतंक, विश्व तरंगित हुँदा नेपालमा भने छैन सावधानी
फोटो : Getty Images

चीनमा एक भाइरसका कारण मानिसहरुमा निमोनियाको संक्रमण फैलँदा विश्व नै तरंगित भएको छ। 'कोरोना भाइरस' भनिएको उक्त भाइरसका कारण चीनमा केही व्यक्तिहरुको मृत्यु भएपछि यसबारे चर्चा चुलेको हो। 

हालसम्म चीनमा ६० जनाभन्दा धेरैमा यो भाइरसको संक्रमण देखिएको छ। बुहान प्रान्तमा यस भाइरसको प्रकोप अत्याधिक भएको र सातजनाको अवस्था गम्भीर रहेको चिनियाँ अधिकारीहरुले बताएका छन्। लन्डनको इम्पेरियल कलेजका वैज्ञानिकहरुले भने यस भाइरसको असर एक हजार ७०० भन्दा धेरै मानिसमा भएको दाबी गरेका छन्।

चीनमा यस भाइरसको प्रभाव बढ्दै गएकाले अधिकांश अन्तर्राष्ट्रिय विमानस्थलहरुमा चीन हुँदै आउने यात्रुहरुको स्वास्थ्य चेकजाँचमा कडाइ गरिएको छ। सिंगापुर र हङकङका विमानस्थलहरुमा चीनबाट आउने यात्रुहरुको स्क्रिनिङ गर्न सुरु भएको छ। यस्तै, अमेरिका , बेलायतलगायतका राष्ट्रहरुमा पनि चीनबाट आउने यात्रुहरुको स्क्रिनिङ गर्ने तयारी गरिएको छ। 

कोरोना भाइरसले रुघाखोकीका साथै मिडल इस्ट रेस्पिरेटरी सिन्ड्रोम र एक्युटर रेस्पिएटरी सिन्ड्रोमजस्ता रोगहरु निम्त्याउने चिकित्कसकहरु बताउँछन्।

यसप्रकार मानवमा नदेखिएको यो भाइरस चीनमा पहिलोपटक देखिएको हो। विश्वभर यस भाइरसलाई लिएर सुरक्षा अपनाइदा यो भाइरस मानिसबाट मानिसमा सर्नेबारे याकिन भएको छैन। 

हाल थाइल्यान्ड र जापानमा समेत यस भाइरसको संक्रमण देखिएको बताइएको छ।

नेपालमा पनि एक व्यक्तिलाई यस भाइरसको संक्रमण भएको अनुमान गरिएको थियो। चीनबाट फर्केका एक विद्यार्थीलाई रुघाखोकी लागेपछि उनको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भएको थियो। तर उनमा उक्त भाइरसको प्रभाव भने नदेखिएको अस्पालका चिकित्सक शेरबहादुर पुनले बताए।

हाल विश्वभर यस भाइरसलाई लिएर सजगता अपनाइँदा नेपालमा समेत यस भाइरसका बारेमा सचेत हुनुपर्ने उनले बताए। भने,'यो भाइरसबाट पहिलैदेखि रिक्स रहेको कुरा भनिँदै आएको हो। तर हाम्रामा अन्य प्राणघातक भाइरसलाई लिएर पनि सावधानी अपनाइदैन। अहिले विश्वभर कोरोना भाइरसका कारण सावधानी अपनाइदा हाम्रो विमानस्थलमा पनि हेल्ड डेक्स स्थापना गर्नुपर्छ।'

नेपालमा चीनमा आउने पर्यटक बढ्दै गएको तर त्यहाँबाट आउने मानिसहरुमा यस भाइरसको संक्रमण हुनसक्ने खतरा हुने विशेषज्ञहरु बताउँछन्। तर विमानस्थलमा यस भाइरसको बारेमा चेकजाँच गर्ने कुनै प्रकारको व्यवस्था भएको छैन। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell