PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

पत्रकार कुट्नेलाई कारबाही नभएको भन्दै महासंघले गर्‍यो आन्दोलनको घोषणा



सुमित मिश्र

पत्रकार कुट्नेलाई कारबाही नभएको भन्दै महासंघले गर्‍यो आन्दोलनको घोषणा
गत पुस २८ गते नेपाल पत्रकार महासंघ धनुषा शाखाले संघर्ष समिति गठन गरेको थियो। (फाइल फोटो)

जनकपुर : पुस २२ गते जनकपुरधाम उपमहानगरपालिकामा पत्रकारहरुमाथि कुटपिट गर्नेहरुलाई कारबाही नभएको भन्दै नेपाल पत्रकार महासंघ धनुषा शाखाले आन्दोलनको घोषणा गरको छ। आइतवार नेपाल पत्रकार महासंघ प्रदेश नम्बर २ का महासचिव किरण कुमार कर्णको संयोजकत्वमा संघर्ष समिति गठन गरी आन्दोलनको घोषणा गरिएको हो।

जनकपुरधाम उपमहानगरपालिका कार्यालयमा जानकी मन्दिरको फुलबारी अतिक्रमण विषयमा मेयर लालकिशोर साहको प्रतिक्रिया लिन पुगेका पत्रकारहरुमाथि कुटपिट तथा दुर्व्यवहार भएको थियो। मेयर साहकै कार्यकक्षमा भएको कुटपिट घटनामा संलग्न दोषीहरुमाथि हालसम्म कारबाही नभएको भन्दै महासंघले आइतवार पहिलो चरणको आन्दोलनको घोषणा गरेको हो।

अगामी माघ ७ गतेदेखि १८ गतेसम्म धनुषाका सम्पूर्ण पत्रकारहरु हातमा कालो पट्टी बाँधेर काम गर्ने, ८ गते महासंघ धनुषा शाखाका पदाधिकारी, पूर्व अध्यक्ष, केन्द्रीय तथा प्रादेशिक महासंघका प्रतिनिधि लगायतसँग घटना विषयमा छलफल गर्ने, ११ गते सरोकारबालासंग छलफल, १३ गते राजनीतिक दलसँग छलफल र माघ १८ गते नागरिक समाज, युवा क्लव एवं विभिन्न संघसंगठनसँग छलफल गर्ने कार्यक्रम तय गरेको नेपाल पत्रकार महासंघ धनुषा शाखाले जनाएको छ।

घटनापछि पत्रकार महासंघ धनुषा शाखाको नेतृत्वमा गत पुस २३ गते जिल्ला प्रशासन कार्यालय धनुषामा दोषीहरुलाई कारबाही गर्न सरकारलाई ५ दिने अल्टिमेटम दिएको थियो। अल्टिमेटमपछि जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी प्रदिपराज कँडेलको रोहबरमा सर्वपक्षीय बैठक बसाइ घटनामा संलग्न दोषीहरुमाथि कानुनी कारबाही गर्ने लगायतको ९ बुँदे सहमति भएको थियो। जसमा जनकपुरधाम उपमहानगरपालिका र पत्रकार मासंघका प्रतिनिधिले समेत सहमति जनाएर हस्ताक्षर गरेका थियो।

हालसम्म पनि प्रशासनले सहमति अनुसार घटनामा संलग्नलाई कारबाही नगरेपछि महासंघले बाध्य भएर आन्दोलनको घोषणा गरेको संघर्ष समितिका संयोजक किरण कर्णले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell