PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

सभामुख निर्वाचन माघ १२ गते गर्ने दलहरुको प्रस्ताव



सभामुख निर्वाचन माघ १२ गते गर्ने दलहरुको प्रस्ताव

काठमाडौं : प्रतिनिधि सभाको सभामुख चयन गर्न मिति प्रस्ताव गरिएको छ। संसदमा भएका दलहरुबीच भएको छलफलमा माघ १२ गते निर्वाचन गर्न प्रस्ताव गरिएको हो। संसद सचिवालयले माघ ८ गते निर्वाचन गर्न प्रस्ताव गरेपनि राजनीतिक दलहरुले माघ १२ गतेको दिन निर्धारण गर्ने प्रस्ताव गरेका हुन्।

दलहरुबीच परामर्शमा फेरि मिति सर्ने सम्भावना रहेको छ।

यौन दुर्व्यवहारको आरोप लागेका कृष्णबहादुर महराले सभामुखबाट राजीनामा दिएसँगै सभामुख पद रिक्त छ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रबाटै सभामुखमा कसलाई बनाउने भन्ने विषयमा विवाद हुँदा र उपसभामुख शिवमाया तुमबाहाङ्फेले सभामुखमा आफ्नो पनि दाबेदारी प्रस्तुत गर्दा सभामुख चयनको प्रक्रिया लम्बिएको हो।

नेकपाले सभामुखमा अग्नी सापकोटाको नाम प्रस्ताव गरेसँगै उपसभामुखले मार्ग प्रशस्त गर्ने भन्दै आज राजीनामा दिएकी छिन्। त्यसलगत्तै सभामुख निर्वाचनको प्रक्रिया शुरु भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell