PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

ट्रम्पविरुद्धको महाअभियोग प्रस्ताव सिनेटमा, ६ दिनसम्म छलफल चल्ने



ट्रम्पविरुद्धको महाअभियोग प्रस्ताव सिनेटमा, ६ दिनसम्म छलफल चल्ने

अमेरिकामा यस वर्ष राष्ट्रपति निर्वाचन हुँदैछ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दोस्रोपटक ह्वाइट प्रवेश गर्ने उद्देश्यसहित राष्ट्रपति निर्वाचनमा होमिदै छन्। डेमोक्रेटिक पार्टी भने राष्ट्रपति निर्वाचनमा उम्मेदवार छनौट गर्दैछ।

ट्रम्पले त राष्ट्रपति निर्वाचनका लागि प्रचारप्रसार नै शुरु गरिसके। यता, अमेरिकी सदनमा भने ट्रम्पविरुद्ध महाअभियोग प्रक्रिया अघि बढिरहेको छ।

अमेरिकी तल्लो सदन कंग्रेसले ट्रम्पविरुद्धको महाअभियोग प्रस्ताव पारित गर्दै माथिल्लो सदन सिनेटमा पठाइसकेको छ। तल्लो सदनमा विपक्षी डेमोक्रेटको बहुमत रहेकोले ट्रम्पविरुद्धको प्रस्ताव सहज रुपमा पारित भएको थियो।

माथिल्लो सदनमा बुधवारबाट महाअभियोग प्रक्रिया शुरु भएको हो। सिनेटमा रिपब्लिकनहरुको बहुमत रहेकोले ट्रम्प विरुद्धको महाअभियोग प्रस्ताव पारित हुने सम्भावना छैन। यद्यपि, आउने केही दिनसम्म ट्रम्पका पक्ष र विपक्षमा रहेका प्रमाणहरुकाबारेमा सिनेटमा सुनुवाई हुनेछ।

सुनुवाईका लागि नियुक्त गरिएका सदस्यहरुले आज सपथ ग्रहण गरे जस्तो नेतृत्व अमेरिकाका प्रधानन्यायाधिश जोन रोबर्टले गरेका छन्। अब ६ दिन लगाएर दैनिक ६ घण्टा महाअभियोगबारे सिनेटमा छलफल हुनेछ।

मंगलवार भएको सुनुवाईका क्रममा डेमोक्रेटको तर्फबाट ३ वटा प्रस्तावहरु दर्ता गराउने प्रयास भएको थियो। तर रिपब्लिकनहरुले उक्त प्रस्ताव दर्ता नै गर्न दिएनन्। दर्ता गर्न रोकिएका प्रस्तावहरु महाअभियोगसँग सम्बन्धित कागजपत्र र प्रमाणहरु रहेको बताइएको छ।       

ट्रम्पलाई राष्ट्रपति पदको दुरुपयोग गरेको र कंग्रेसले गरेको अनुगमन रोक्न प्रयास गरेको अभियोग लगाइएको छ। यु्क्रेनी राष्ट्रपति जेलेन्सकीलाई अमेरिकी राष्ट्रपति पदमा डेमोक्रेटिक उम्मेदवार बन्ने प्रयासमा रहेका जोय बिडेनविरुद्ध अनुसन्धान गर्द दबाब दिएको आरोप लगाइएको छ। 

ट्रम्पले भने डेमोक्रेटहरुले लगाएको आरोपको खण्डन गर्दै आएका छन्। ट्रम्पको कानूनी टिमले महाअभियोग प्रस्ताव संविधानको उल्लंघन भएको तर्क गर्दै सिनेटले यस प्रस्तावलाई खारेज गर्न माग गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell