PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

कारबाहीमा परेका हाँस्य कलाकार ‘माग्ने बुढा’ले गरे प्रहरीको तारिफ, ‘लाइसेन्स र बिलबुक दुवै दिउँदिउँ लाग्यो’



कारबाहीमा परेका हाँस्य कलाकार ‘माग्ने बुढा’ले गरे प्रहरीको तारिफ, ‘लाइसेन्स र बिलबुक दुवै दिउँदिउँ लाग्यो’
बुधवार जरिबानाको रकम तिर्न महानगरीय ट्राफिक प्रहरी कार्यालय रामशाहपथ पुगेका केदार घिमिरे (बायाँ)।

काठमाडौं : प्रहरीसँगको व्यवहारका कारण अहिले गायिका आस्था राउत चर्चामा छिन्। 

आस्थाको चर्चा सेलाउन नपाउँदै हाँस्य कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ बुधवार एकाएक चर्चामा आएका छन्। उनको चर्चा पनि प्रहरीसँग नै जोडिएको छ। तर यी दुवैको प्रहरीप्रतिको हेराई विल्कुलै फरक देखियो। सायद उनीहरुलाई प्रहरीले गरेको व्यवहार नै फरक फरक थियो।

गायिका आस्था राउतले प्रहरीको तल्लोतहका कर्मचारीको व्यवहार नराम्रो भएको आरोप लगाइरहँदा कलाकार घिमिरेले भने प्रहरीले गरेको व्यवहारको तारिफ गरिरहेका छन्।

कलाकार घिमिरे बुधवार प्रहरीको कारबाहीमा परे। इमाडोल घर भएका उनी ग्वार्को चोकबाट कोटेश्वर आउँदै गर्दा सडक नियम पालना नगरेकोमा ट्राफिक कारबाहीमा परेका हुन्। सिट बेल्ट नलगाएको कारण ट्राफिकले उनलाई ५ सय रुपैयाँ जरिवानाको रसिद काट्यो।

तर घिमिरे ट्राफिक प्रहरीको व्यवहारको कारण आफूलाई खुसी लागेकाले हाँसीहाँसी रसिद काट्न दिएको बताउँछन्।

‘उहाँहरुले गाडी साइड लगाउनु भन्नुभयो। त्यसपछि तपाईले सिल्टबेल्ट लगाउनु बिर्सिनु भएछ। कारबाहीमा पर्नुभयो भन्नु भयो। यति मज्जाले भन्नुभयो की लाइसेन्स र बिलबुक दुवै दिउँदिउँ लाग्यो,’ कलाकार घिमिरेले भने।

घिमिरेलाई सडक नियम पालना नगरेकोमा चिट काट्ने प्रहरी भने जवान सन्तोष चौधरी थिए। बुधवार जरिबानाको रकम तिर्न महानगरीय ट्राफिक प्रहरी कार्यालय रामशाहपथ पुगेका घिमिरेले जवान चौधरीलाई धन्यवाद समेत दिए।

यदी यो प्रहरीको कुनै इस्टन्ट नभए। प्रहरीले आफ्नै व्यवहारको कारण बदनामी मात्र होइन वाहवही समेत बटुल्ने रहेछ भन्ने एउटा गतिलो उदाहरण हुन्छ। अनि मात्र प्रहरीको त्यो नारा ‘जिब्रोको गरिमा, मीठो बोलीमा’ले सार्थकता पाउने छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell