PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

मतदानस्थलमा प्रहरी अधिकारीले नै मतदातालाई मोबाइल प्रयोग गर्न दिएपछि...

मतदानस्थलमा प्रहरी अधिकारीले नै मतदातालाई मोबाइल प्रयोग गर्न दिएपछि...

सुमित मिश्र/पहिलोपोस्ट


जनकपुरधाम : प्रदेश २ को जनकपुरधामस्थित महेन्द्रनारायण निधि सांस्कृतिक प्रतिष्ठानस्थित मतदान केन्द्रमा प्रहरीले मतदातालाई मोबाइल प्रयोग गर्न दिएका छन्। मतदान स्थलमा मोबाइल फोन लैजान नपाउने नियमलाई बेवास्ता गर्दै एक प्रहरी अधिकारीले मतदातालाई मोबाइल फोन प्रयोग गर्न दिएका हुन्।

प्रहरी निरीक्षक विजय यादवले मतदान स्थलमा मोबाइलमा कुराकानी गरिरहेको देखियो। उनले केहिबेर स्वयं कसैसँग मोबाइलमा कुराकानी गरेर त्यो मोबाइल नजिकै रहेको एकजना महिलालाई समेत दिए।

जबकी आज (बिहीबार) सातवटै प्रदेशमा भइरहेको राष्ट्रिय सभा सदस्य निर्वाचनको मतदान केन्द्रहरुमा मोबाइल फोन निषेध गरिएको छ।

निर्वाचन आयोगका अधिकृत बाहेक निर्वाचनमा भोट हाल्न जाने मतादाता, सञ्चारकर्मी लगायतकाले मोबाइल फोन बोकेर मतदान स्थलमा जान निशेष छ।

मतदानको गोपनियता कायम गर्न सबै मतदान केन्द्रमा मोबाइल फोन निषेध गरिएको आयोगले जनाएको छ। मतदान अधिकृतले पनि मोबाइललाई ‘साइलेन्ट मोड’मा राख्नु पर्ने र फोन आए बाहिर निस्केर कुरा गर्नु पर्ने नियम छ।



ट्रेन्डिङ पोस्ट

Ncell