PahiloPost

Dec 24, 2024 | ९ पुष २०८१

राष्ट्रिय सभा निर्वाचन : प्रदेश २ मा ८५ प्रतिशत मत खस्यो, यसरी हुँदैछ मतदान

राष्ट्रिय सभा निर्वाचन : प्रदेश २ मा ८५ प्रतिशत मत खस्यो, यसरी हुँदैछ मतदान

सुमित मिश्र/पहिलोपोस्ट


जनकपुरधाम : प्रदेश २ मा ४ वटा सिटको लागि भइरहेको  राष्ट्रिय सभा सदस्यको निर्वाचनमा साढे ३ बजेसम्म ८५ प्रतिशत मतदान भएको छ। प्रदेश २ को अस्थाइ राजधानी जनकपुरधामको महेन्द्र नारायण निधि साँस्कृतिक प्रतिष्ठान भवनमा मतदान भइरहेको निर्वाचन अधिकृत राजु खतिवडाले जानकारी दिए।

बिहान करिब १०:३० बजे शुरु भएको मतदानमा प्रदेश २ का मुख्यमन्त्री मो लालबाबु राउत गद्दिले पहिलो मतदाताका रुपमा मतदान गरेका थिए।

निर्वाचन अन्तर्गत नगर प्रमुख र उपप्रमुख गरी २ सय ७२ जना र १ सय ७ प्रदेश सभा सदस्य गरी जम्मा ३ सय ७९ जनाले मतदान गर्नेछन्।

राष्ट्रिय सभा सदस्यका लागि नेकपाबाट राधेश्याम पासवान र तुलसा दाहाल, राजपाबाट मृगेन्द्र सिंह यादव र शेखर सिंह, नेपाली कांग्रेसबाट नगिना यादव र भोला पञ्जियार तथा समाजवादी पार्टीबाट रामलाल पासवान र अनिरुद्र यादवले प्रतिस्पर्धा गरिरहेका छन्।

प्रदेश २ बाट राष्ट्रिय सभामा चार सिटमा नेकपा र राजपाले दुई/दुई सिटका लागि भागवण्डा गरेका छन्। यसैगरी नेपाली कांग्रेस र समाजवादी पार्टीले पनि दुई/दुई सिटका लागि गठबन्धन बनाएका हुन्।

प्रदेश सभाका १ सय ७ सदस्य मध्ये राजपा २५, नेकपाका ३२ गरी ५७ मत र स्थानीय तहका कुल २ सय ७२ प्रमुख/उपप्रमुखमध्ये नेकपाका ८३ र राजपाका ५४ गरी १ सय ३७ मत छ।

यसैगरी कांग्रेसको १९ र समाजवादीको ३० गरी ४९ प्रदेश सांसद छन्।



ट्रेन्डिङ पोस्ट

Ncell